प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बधाई दिँदै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई छिमेकी मुलुक भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूले बधाई तथा शुभकामना दिएका छन्।
बुधबार प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत शाहलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु। तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो।”
उनले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू उत्सुक रहेको धारणा राखेका छन्। भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप सुदृढ बनाउन आफू इच्छुक रहेको मोदीको भनाइ छ।
यसैगरी, भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन्। उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका खनालसँग परम्परागत साझेदारीलाई अझ बलियो बनाउन नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन्।
उता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि प्रधानमन्त्री शाहलाई 'एक्स'मार्फत बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भारी बहुमत प्राप्त गरी शाह प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिँदै सरिफले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिएको बताएका छन्।
उनले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउन प्रधानमन्त्री शाहसँग सहकार्य गर्ने अपेक्षा राखेका छन्। प्रधानमन्त्री शाहले शुक्रबार पदभार ग्रहण गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
