प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।
नेपाली बजारमा शुक्रबार सुन तोलाको २ लाख ६०० रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको छ।
मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्।
यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखाको सरदर स्थान आसपास रहेको छ।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
प्रशासनिक संघीयता कार्यान्वयनका सम्बन्धमा महत्त्वपूर्ण मानिएको निजामती विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्त्वपूर्ण कार्य हो।
कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ।
नेप्से परिसूचक ३८.१० अंकले ओरालो लागेर २,७८१ मा सीमित भएको छ।
यस घटनामा संलग्न आक्रमणकारीहरूले आफ्ना हतियारमा भारतमा आणविक हमला गर, ट्रम्पलाई मार, इजरायललाई खतम गर जस्ता नारा लेख्ने गरेको पाइएको छ।
बाढीले बेलिब्रिज बगाएपछि साउन ६ यता तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
नवदुर्गा गाउँपालिका–५ को चौडबाट जिल्ला सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।
अविरल वर्षाका कारण बुधबार राति लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनीको तराई तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
विधिविज्ञान प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट डीएनए सफ्टवेयर र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो।
महिलालाई दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भन्दै महाशाखाले सूचना जारी गरेको छ।
गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो।