सडकमा उत्रिए जेनजी (तस्वीरहरू)

ब्यानर तथा विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरिरहेका छन्।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडाैँ– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरेको विरोध र भ्रष्टाचारको विरुद्ध जेनजी पुस्ताले आन्दोलन थालेको छ।

सन् १९९७ देखि २०१२ को अवधिमा जन्मेको पुस्तालाई जेनजी भनिन्छ। काठमाडाैँ उपत्यकामा रहेकाहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गर्ने तयारी गरेका छन्। सयाैँको संख्यामा उनीहरू ब्यानर तथा विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरिरहेका छन्। कोही क्याम्पस/स्कुलको ड्रेसमै आन्दोलनमा सहभागी भएका छन्।

यसबाहेक देशैभरका ठूला शहर, पोखरा, विराटनगर, बुटवल, धनगढीलगायत शहरमा पनि आन्दोलन गर्न सामाजिक सञ्जाल टिकटकमार्फत आह्वान गरेका छन्।

nullnullnullnullnullnullnull

nullnullnull