AnonymousUser

Logout

कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारी सडकमा [तस्वीरहरू]

सडकमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। कर्फ्यु जारी भएपछि काठमाडौँ प्रशासनले अरू जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ।

काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन [तस्वीरहरू]

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शन भइरहेका छन्।

कृषिमन्त्री अधिकारीद्वारा राजीनामाको घोषणा

केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।

कर्फ्युका कारण मंगलबार शेयर बजार नखुल्ने

सूचिकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।

संसद् भवन परिसरमा बिहानैदेखि भेला भए युवा [तस्वीरहरू]

काठमाडौँ प्रशासनले चक्रपथ भित्रका सम्पूर्ण भूभागमा कर्फ्यु जारी गरेको भए पनि युवाहरू भेला भइरहेका हुन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

परिस्थितिलाई थप बिग्रिन नदिन नेपालस्थित विभिन्न दूतावासको आग्रह

अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

काठमाडौँको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा बिहान ८:३० बजेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरिएको छ।

ललितपुरको भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु

मन्त्रीहरूको निवास रहेको भैँसेपाटी, नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको सानेपा र नेकपा एमालेको पार्टी कार्यालय रहेको च्यासल क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ५ जनाको पहिचान खुल्यो

सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।

गृहमन्त्री लेखकले दिए राजीनामा

'जेनजी' आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए।

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ।

नेपाल र बांग्लादेशबीचको खेल स्थगित

नेपाल र बांग्लादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।

‘विवेकी राजनेता नहुँदाको परिणाम हो आजको घटना’

पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोमबार काठमाडौँमा भएको घटनाको मुख्य कारण ‘विवेकी राजनेता’ र ‘उत्तरदायी राज्य सञ्चालन प्रणाली’को अभाव भएको बताएका छन्।

ललितपुरमा मन्त्रीनिवास र एमाले तथा कांग्रेस कार्यालय क्षेत्रमा निषेधाज्ञा जारी

ललितपुरमा एमाले र कांग्रेसका पार्टी कार्यालय रहेका क्षेत्र, भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवास र न्यायाधीशहरूको निवास रहेको पुल्चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

जेनजी आन्दोलन: काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु*

‘जेनजी’ आन्दोलनका क्रममा गोली लागेर काठमाडौँ उपत्यका र इटहरीमा गरी १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

जेनजी आन्दोलन: काठमाडौँमा गोली लागेर १७ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको ‘जेनजी आन्दोलन’का क्रममा गोली लागेर १७ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ।

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयोः मानव अधिकार आयोग

जेनजीको प्रदर्शनका क्रममा मानव अधिकारको हनन भएको बताउँदै आयोगले यसलाई सुक्ष्म रूपमा अध्ययन गर्ने जनाएको छ।

‘अस्पताल भर्ना भएका २० जनाभन्दा बढीको टाउको र छातीबाट गोली झिक्न शल्यक्रिया गर्नुपर्ने’

ट्रमा सेन्टर, सिभिल र शिक्षण अस्पतालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, गोली लागेर अधिकांश घाइतेको रक्तनली चुडिएको, टाउको र छातीमा चोट लागेको र हड्डी भाँचिएको छ।