AnonymousUser

Logout

फ्रान्सले दियो प्यालेस्टिनी राज्यलाई मान्यता, इजरायल–अमेरिका असन्तुष्ट

इजरायली तथ्यांकअनुसार हमाससँगको युद्धमा हालसम्म ६३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

इम्बोस्ड नम्बर प्लेट जोड्न छैन सहज [तस्वीरहरू]

इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था कार्यालयमा बिहानदेखि बेलुकासम्म लाइन लाग्नु परेको सेवाग्राहीको गुनासो छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्गसँगै बैतडीको देहिमाडौँ–गिरेगडा सडक पनि अवरुद्ध भएको छ।

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।

युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या

आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

लुना लुइँटेल बनिन् मिस नेपाल (तस्वीरहरू)

शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुनाले उपाधि चुमेकी हुन्।

धनुषामा मूर्ति विसर्जनको क्रममा विवाद, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको जनाएको छ।

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो।

भागदाैडमा ज्यान गुमाउनेहरूका परिवारलाई आरसीबीले दियो २५ लाख रुपैयाँ‍

आरसीबीले गत जुनमा आईपीएलको उपाधि जितेपछि विजय जुलुसमा भएको भागदौडमा ज्यान गुमाउनेहरूका परिवारलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

पूर्वप्रधानमन्त्री चन्दको नयाँ उपन्यास आउँदै

चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।

अमेरिकी अदालतले भन्यो– भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानूनी

ट्रम्पले आपत्कालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको अदालतले स्पष्ट पारेको हो।

वर्षाले देशभरका ९ राजमार्ग अवरुद्ध

तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन्।

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बन्यो बागमती गाउँपालिका

श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रंगशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ।

स्याफ्रुबेँसी–टिमुरे राजमार्गमा हल्का सवारीसाधन सञ्चालन

गत असारमा ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी–रसुवागढी खण्ड आजदेखि सञ्चालनमा आएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

मन्त्री अधिकारीले यो विधेयक भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ल्याइएको बताए।

थाई अदालतद्वारा प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

कम्बोडियाका सिनेट अध्यक्षसँगको फोन कल 'लिक' नैतिकता र संवैधानिक नियम उल्लंघन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ।

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री

गत बैशाखमा भएको एकता महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो। सोही समितिलाई अधिवेशनबाट बचेको नगद र जिन्सी हस्तान्तरण गरिएको हो।

‘टी ट्वान्टी’ शृंखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृंखलामा पहिलो जित दर्ता गराएको हो।