AnonymousUser

Logout

सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि कन्चनपुररमा उच्च सतर्कता अपनाइएको छ।

पाकिस्तानको एक र्‍यालीमा आत्मघाती विस्फोट, १३ जनाको मृत्यु

राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्‍याली आयोजना गरिएको थियो।

तोलाको २ लाख ७ हजार ९०० रुपैयाँ पुग्यो सुनको मूल्य

मंगलबार तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन २ हजार रुपैयाँले बढेको छ।

कोशी, मधेश र बागमतीमा भारी वर्षा हुने पूर्वानुमान

दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत पहाडी र तराईका केही भूभागमा मध्यम वर्षाको सम्भावना छ।

सिन्धुपाल्चोकमा ४ म्याग्निच्युडको भूकम्प

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो।

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्ने निर्णयप्रति भाषा आयोगको ध्यानाकर्षण

संविधानले नचिनेको भाषा र लिपिमा इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम

त्यहाँको सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ।

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

विधेयकको व्यवस्थाअनुसार अब ऐन प्रारम्भ भएको वर्ष ५८, दोस्रो आर्थिक वर्षमा ५९ वर्ष र तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अनिवार्य अवकाश उमेर हद लागू हुनेछ।

आइतबारदेखि हराएका २ युवकको शव फेला

शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

नेप्सेसँगै घट्यो कारोबार रकम

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ।

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

यस प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ।

सुडानमा भूस्खलनबारे राष्ट्रसंघले भन्यो– कम्तीमा ३७० जनाको मृत्यु

सशस्त्र द्वन्द्वबाट विस्थापित भएका सुडानी नागरिक बसोबास गरिरहेको क्षेत्रमै पहिरो गएको हो। यसअघि सशस्त्र समूह एसएलएमले कम्तीमा एक हजार जनाको मृत्यु भएको बताएको थियो।

एक तोला सुनको मूल्य २ लाख ५ हजार ९००

महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो।

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

मंगलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प भएको छ।

सप्तकोशीमा जलसतह बढ्दो, ३८ ढोका खोलियो

कोशी बराजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

उच्चस्तरीय भ्रमणको आदानप्रदान र शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ।

गण्डकी प्रदेशसभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ सर्वसम्मत पारित

यसअघि २०८१ चैत १५ गते उक्त विधेयक सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

आइतबारदेखि राजमार्ग पूर्ण रूपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन्।