AnonymousUser

Logout

गाजामा जारी नरसंहार अन्त्य र अपहरित नागरिकको रिहाइको माग

इजरायली सरकारको नीतिअनुसार राहत सामग्री लिएर गाजा प्रवेश गर्न आएका सवारी साधनलाई रोकिएको र यसै कारण संयुक्त राष्ट्रसंघले गाजालाई अनिकालग्रस्त क्षेत्र घोषणा गरेको जनाइएको छ।

भारतीय निर्वाचन आयोगमाथि धाँधलीको आरोप

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको आयोगको विश्वसनीयता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै विपक्षीले धाँधलीको आरोप लगाएका हुन्।

ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापति बनाउने निर्णय गरेको हो।

तिज मनाउँदै, कर्तव्य निभाउँदै [तस्वीरहरू]

कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरूसँगै काम गरिरहेका देखिन्छन्।

नेपालसँग अस्ट्रेलियन क्यापिटल टेरिटोरी ४१ रनले पराजित

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रन बनाउँदै अलआउट भयो।

२३ जिल्लामा इलाका प्रशासन कार्यालय खाेल्ने गृहको तयारी

सेवा प्रवाहलाई थप सहज र सरल बनाउन एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ।

हरितालिका: पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्किन सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।

इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन : महासंघ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ।

मस्तिष्क मृत्यु भएका १ व्यक्तिबाट ३ बिरामीको ज्यान जोगियो

मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट प्राप्त मिर्गाैला र कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको केन्द्रले जनाएको छ।

सांस्कृतिक उद्योग सम्भाव्यतासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाभित्र सांस्कृतिक सिर्जनात्मक उद्योग उत्थान सम्भाव्यता विषयको प्रतिवेदन सार्वजनिक भएको हो।

कैलाली कारागारका एक थुनुवाको मृत्यु

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।

जेनेभामा इरान र युरोपेली शक्तिहरूबीच आणविक वार्ता हुने

इरानले बेलायत, फ्रान्स तथा जर्मनीसँग मंगलबार जेनेभामा आणविक वार्ता गर्ने इरानी राज्य सञ्चारमाध्यमले जनाएका छन्।

कवाडी व्यवसायीले घेरे काठमाडौँ महानगर

कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेराउ गरेको छ।

ट्रमा सेन्टरमा ‘दुरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

सेन्टरमा यसअघि माइक्रोस्कोपिक सर्जरी (थोरै चिरेर गरिने शल्यक्रिया) हुने गर्दथ्यो। अब इन्डोस्कोपिक अर्थात दुरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ।

काठमाडौँमा जोखिमपूर्ण फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बालबालिकालाई स्वर्णभस्म खुवाउने अभियान रोक्न पेडियाट्रिक सोसाइटीकोआग्रह

बालबालिकामा यसको प्रभावकारिता प्रमाणित नभएको, गुणस्तरबारे स्पष्टता नपाइएको र स्वास्थ्यमा जोखिम ल्याउन सक्ने भन्दै अभियान अघि नबढाउन सोसाइटीले आग्रह गरेको छ।

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्चा शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब

अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बिदेसिएको थियो।

संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने

यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ।