AnonymousUser

Logout

कोशी नदीमा जलसतह बढ्दै, ब्यारेजका ३४ ढोका खोलिए

पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेसँगै खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ।

नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, चाँडै हस्ताक्षर हुने

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ।

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, ४० प्रतिशत भारतीय

क्षेत्रगत रूपमा हेर्दा सार्क मुलुकबाट मात्रै ५३ प्रतिशत पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।

शेयरबजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो।

संयुक्त राष्ट्रको सूचिमा चीनको ‘स्टार्ट–अप’ क्षेत्र विश्वकै शीर्षमा

विश्व बौद्धिक सम्पत्ति संगठनले २०२५ को नवप्रवर्तन सूचकांकमा चीनको शेनझेन–हङकङ–गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ।

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरीपालक किसानको भनाइ छ।

अफगानिस्तान भूकम्प: ६०० जनाभन्दा बढीको मृत्यु

तालिबान अधिकारी र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। टोलीले आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन्।

तोलाको २ लाख ५ हजार ३०० पुग्यो सुनको मूल्य

आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन सोमबार १ हजार ७०० रुपैयाँले बढेको छ।

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प

नान्गरहार प्रान्तको जलालाबाद शहरबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

नेपाल आइडल सिजन–६ को विजेता बनिन् गंगा सोनाम

आइतबार राति भएको ग्रान्ड फिनालेमा बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो।

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको प्राकृतिक स्रोत समितिले निर्माणाधीन आयोजना  सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो।

सिरहामा करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

सिटी रिक्सा चार्ज गर्ने र मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।

हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि

प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्वीरहरूमा उनलाई ‘सैन्य परिषद्का शहीद’ भनेर देखाएको छ।

काठमाडाैँमा सुदूरपश्चिमेलीको गाैरा (तस्वीरहरू)

सुदूरपश्चिम क्षेत्रको विशेष चाड मानिने गाैरा काठमाडाैँमा पनि विविध कार्यक्रम गरी मनाइएको छ।

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ३१.१७ अंकले घट्दै २,७४९.८३ विन्दुमा बन्द भएको छ।

५० बर्से साइनो  

‘वेदना’ बन्दै बनेन, ‘वासुदेव’ले चिनाउनु चिनायो [भिडियोसहित]

ध्रुवचन्द्रले लेखेको फिल्म बनाइछाड्ने प्रतिज्ञा लिएका नीरले ‘वेदना’मा पाएको तोडपछि हात पारेका थिए, ‘कट्टेल सरको चोटपटक’। उनले यसमाथि पटकथाको काम पनि थालेका थिए, जुन पछि गएर बन्यो– ‘वासुदेव’।

सी चिनफिङले मोदीलाई भने– ड्र्यागन र हात्ती एकजुट हुनुपर्छ

संसार जटिल र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र भारत दुवैका लागि दुई प्राचीन सभ्यता तथा सबैभन्दा बढी जनसंख्या भएका मुलुक एकजुट हुनु आवश्यक रहेको बताए।

चेपाङको भूमिमा बिचाैलिया, प्रलोभनमा पारेर जग्गा खरिदबिक्री

चेपाङको बाहुल्यता भएका क्षेत्रमा खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै जाँदा बिचौलियाहरू जमिन खरिदबिक्री गर्न थालेका हुन्।

डा. गोविन्द केसीले गेटा मेडिकल कलेजबाट शुरू गरे सत्याग्रह

नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार गर्नुपर्ने अवस्था रहे पनि सरकार उल्टै निजी कलेजलाई पोस्ने नीतिमा लागेको डा. केसीको आरोप छ।