मखमली फूलको माला प्रतिगोटा २२ देखि २३ रुपैयाँमा बिक्री भइरहेको छ। व्यवसायीले घरमै आएर माला खरिद गरिरहेका छन्।
दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।
हमासले यस साताको अन्त्यसम्ममा जीवित रहेका सबै २० जना बन्दीलाई मुक्त गर्ने योजना बनाएको छ। इजरायली सेनाले गाजाबाट फिर्ता हुने प्रक्रिया शुरू गर्नेछ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
प्रधानमन्त्री सुशीला कार्कीले आज विदेशस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिएकी छन्।
नोबेल पुरस्कार छनौट समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो।
इजरायली गुप्तचर एकाइले प्राप्त गरेको एउटा भिडियोमा विपिन जोशी पनि देखिएका छन्। यो तस्वीर त्यही भिडियोबाट लिइएको हो र उक्त भिडियो बुधबार राति सार्वजनिक गरिनेछ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो।
आज १३ वटै उपसमूह घटेका छन्, जसमा सबैभन्दा धेरै वित्त ३.०९ प्रतिशत र होटल–पर्यटन ३.०३ प्रतिशतले घटेका छन्।
नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ।
उनीसँग आएको १२५ सदस्यीय प्रतिनिधिमण्डलमा ब्रिटिस एअरवेजका सीईओ सीन डोयललगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ।
झुलेको पातले र सिमबारी क्षेत्रका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा छन्। उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
उद्धारपछि ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू बस्तीमा फर्किएका छन्।
‘सिंहदरबारले ओलाङचुङगोलाको समस्या सुन्न नै चाहेन। भोट थोरै छ भनेर होला, राजनीतिक दलले पनि वास्ता गरेनन्। अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू मत माग्न पुगेका छैनन्, भविष्यमा पनि पुग्छन् भन्ने लाग्दैन।’
बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो। सिरिजका पाँचमध्ये नेपालले तीन खेल जितेको छ।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। यस राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकीमा पश्चिमी वायुको प्रभाव रहे पनि बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।