AnonymousUser

Logout

सिजनमै खुम्चियो पर्यटक आगमन

नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२४ सेप्टेम्बरको तुलनामा यो वर्ष सोही अवधिमा पर्यटक आगमनमा १८.३ प्रतिशतले कमी आएको छ।

कास्की कारागारका २९० कैदीबन्दी अझै फर्किएनन्

कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिए।

मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरी परिसरमा जाहेरी

जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्ध परेको जाहेरीबारे प्रहरीले सरकारी वकिलसँगको सल्लाहमा २४ घण्टाभित्र निर्णय लिने भएको छ।

क्वान्टम टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा गरेको अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

दशैँको बिदापछि खुलेको शेयर बजारमा उच्च गिरावट, नेप्से ५८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४.९६ को विन्दुमा कायम भएको छ।

विपद्मा बेपत्ताको खोजी तथा उद्धार जारी रहने, राहत वितरणमा एकीकृत प्रणाली

अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ।

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा एक पक्राउ

असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’

संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)ले गाजाका बालबालिकाहरू अकल्पनीय समस्याको सामना गर्न बाध्य भएको जनाएको छ।

मेची राजमार्गको अवरोध खुलाउने प्रयास जारी

झापा र इलामको सिमाना जोरकलशदेखि फिक्कलसम्म अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन्।

सुनको मूल्य निरन्तर अकासिँदो

सोमबार २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।

मलेसियामाथि नेपालको जित, सिरिज २–२ को बराबरीमा

सिरिजअन्तर्गत चौथो खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

देशभर कमजोर हुँदै मनसुनी वायुको प्रभाव

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मनसुनजन्य विपद्‍मा परी मृत्यु हुनेको संख्या ६० पुग्यो

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिएको जानकारी अनुसार, निधन हुनेमा १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका छन्।

खुले हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग

अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन्।

विश्वकप छनोटअघिका दुवै अभ्यास खेलमा नेपाल विजयी

आईसीसी टी२० विश्वकप २०२६ को एशिया छनोटअघि खेलेका दुवै अभ्यास खेलमा नेपालले जीत हासिल गरेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो।

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मंसिर १ देखि १० गतेसम्म दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा गरेको छ।

मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

महाशाखाले मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा सोमबार र मंगलबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

हिम आँधीले चीनतर्फ सगरमाथा क्षेत्रमा फसे सयौँ पर्वतारोही, उद्धार जारी

चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार हिम आँधीका कारण सयौँ पर्वतारोही शिविरमा क्षति पुगेको छ। फसेका पर्वतारोहीको उद्धारका लागि टोली खटाइएको र उद्धार प्रयास जारी रहेको छ।

असोज १७–१९ को बाढीले सञ्चालनमा रहेका १७ सहित ३२ जलविद्युत् आयोजना प्रभावित

इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका छन्।