AnonymousUser

Logout

दार्जिलिङमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २३ जनाको मृत्यु

दार्जिलिङमा निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। पहिरो र वर्षाका कारण सयौँको संख्यामा पर्यटक अलपत्र परेका छन्।

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको जनाएको छ।

केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीलाई भेट्टाएपछि सैनिकहरूले भनेका थिए– ‘जान दे’

‘बीच बाटोमै सेनाले भेटेपछि एक डेढ घण्टा घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्दा ज्यानको सुरक्षा नभएर निस्किएको भनेपछि ‘जान दे, हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्रेर के हुन्छ?’ भनेर छाडिदियो।’

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।

तोलामा २ हजार ५०० ले बढ्यो सुन

सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो

आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको थियो।

विश्वकप छनोटको तयारी: आज नेपाल कतारसँग खेल्दै

आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा चल्न थाले गाडी

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। तर अझै देशका विभिन्न ११ ठाउँमा सडक अवरुद्ध छन्।

यस्तो छ आजको माैसम पूर्वानुमान

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा

जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन्।

मनाङको प्रदेशसभा उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

सुनसरीमा बाढीले सयौँ घर डुबानमा

सुनसरीमा बाढीका कारण आइतबार करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विपद्पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निरन्तर वर्षाका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।

अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै

वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आइतबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ।

​​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरण : नख्खु कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ ठेगाना भएका प्रतिवादी शर्मा गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा नख्खु कारागारबाट भागेरका थिए।

हरित ऊर्जामा चीनको छलाङ, बनायो विश्वकै ठूलो ‘विन्ड टर्बाइन’

‘एस१५०० फ्लोटिंग विन्ड पावर सिस्टम’ लगभग १३ तले भवन जत्तिकै अग्लो र बास्केटबल कोर्ट जत्तिकै लामो छ।

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ।

दार्जिलिङमा बाढीपहिरोमा परी २० जनाको मृत्यु

उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कम्तीमा २० जनाको ज्यान गएको छ।

भियतनामसँग खेल्ने राष्ट्रिय  टोली घोषणा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।

न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै मौसममा सुधार, कोशीमा भने जोखिम कायमै

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन कमजोर भई मौसममा सुधार आए पनि कोशी नदीको चतरा केन्द्रमा बहाव खतराको तहनजिकै रहेकाले बाढी र डुबानको जोखिम रहेको भन्दै सचेत गराएको छ।