तेल अभिभस्थित नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रियासमेत शुरू गरेको मन्त्रालयले जनाएको छ।
असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।
भदौ २३ र २४ गतेको आन्दोलनका दौरान भागेकामध्ये चार हजार ६१८ नेपाली, ५३५ भारतीय र १०४ अन्य देशका गरी पाँच हजार २५७ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेका छन्।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड बराबर देखिएको छ।
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भयो। साथै, कारोबार रकम पनि ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँमा खुम्चियो।
इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार बन्धक शवमध्ये नेपाली विद्यार्थी विपीन जोशी र इजरायली नागरिक गाइ इलुजको पहिचान पुष्टि गरेको छ।
बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर नचाहिने जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
प्रदेशसभा बैठकमा विश्वासको मत लिने तालिका रहे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गरेका छन्।
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेश भएका छन्।
लस्ट एन्ड फाउन्ड नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन्। नाटकको मुख्य भूमिकामा पवित्रा खड्का र सागर तिमल्सिना छन्।
११ वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि गौघाट ग्रीन रन हुन थालेको छ।
गुगलले आगामी पाँच वर्षभित्र दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम शहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण गर्ने जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
कोशी प्रदेश सरकारले 'जेनजी' प्रदर्शनका क्षतिग्रस्त सरकारी कार्यालयका साथै हालैको बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
हमासले सोमबार इजरायललाई फिर्ता गर्ने भनिएका चार जना मृत बन्धकको नाम सार्वजनिक गरेको छ। सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि उल्लेख छ।
बैठकमा हालको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले जानकारी दिए।