AnonymousUser

Logout

काठमाडौँमा र्‍याली तथा सभा गर्न प्रशासनले स्वीकृति नदिने

काठमाडौँ प्रशासनले विभिन्न समूहबाट आयोजना गरिने र्‍याली तथा सभाजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउने, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने कार्यमा थप जटिलता सिर्जना गर्ने निष्कर्ष निकाल्दै स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको जनाएको छ।

तिहारलक्षित फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३२ स्थल

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन्। यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने महानगरको विश्वास छ।

तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुन

बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम छैन

प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने सरकारले जनाएको छ।

अन्तर्वार्ता

‘सिंहदरबार मेरो हो भनेर नागरिकले अपनत्व महसुस गर्ने बनाउनुपर्‍यो’

‘सिंहदरबार लगायतका संरचना र सम्पदा हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भावना विकास गर्नैपर्छ। सायद हामी त्यही गर्न चुक्यौँ कि?’

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी

सूचीमा रहेका ४८ जनामध्ये जीवित रहेको भनिएका २० जना, मृत्यु भएको भनिएका २६ जना र अवस्था अज्ञात भनिएका दुई जना रहेका छन्।

कोशी र गण्डकी हल्का वर्षाको सम्भावना

विभागका अनुसार राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ।

एएफसी एशियन कप छनोट: नेपाल भियतनामसँग पराजित

एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गतको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।

हंगेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ।

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता पठायो

आयोगले कानूनले नै फौजदारी कसुरमा संलग्नलाई तत्काल अनुसन्धान र कारबाही गर्ने अधिकार सरकारी संयन्त्र (प्रहरी)लाई दिएको स्मरण गराएको छ।

मन्त्रिपरिषद्का निर्णय : भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा

मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अन्तर्गत गठन भएको आयोग र मातहतका सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ।

शान्ति सुरक्षाबारे गृहमन्त्री अर्यालले गरे चारवटै सुरक्षा प्रमुखसँग छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

गुडिरहेको बसबाट खसेर सिरहामा सहचालकको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–९, जिरोमाइलनजिकै गुडिरहेको बसबाट खसेर घाइते भएका सहचालकको उपचारका क्रममा मृत्यु भएको छ।

भारतमा २१ बालबालिकाको मृत्यु घटनामा औषधि कम्पनीका सञ्चालक पक्राउ

पक्राउ गरिएका औषधि कम्पनीका सञ्चालकमाथि भारतीय प्रहरीले गैरकानूनी हत्या र औषधिमा मिसावटको अभियोग लगाएको छ।

नेप्से परिसूचक २२.५९ अंक बढ्यो, कारोबार रकममा भने गिरावट

बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको छ।

पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान चलाइने

परिवार कल्याण महाशाखाका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

राप्ती स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता गरिएको र त्यसबाट राज्यकोषमा १२ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको ठहर गरेको छ।

यस्तो छ दशैँका अवसरमा प्रदर्शन भएका ३ चलचित्रको व्यापार

व्यापारको तथ्यांक हेर्दा अघिल्लो दशैँको तुलनामा यसपटक प्रदर्शन भएका तीन वटै चलचित्रको व्यापार उत्साहजनक हुन सकेको छैन।

दोलखामा अलपत्र परेका चार पर्यटकको उद्धार

रसियाका दुई र स्वीजरल्यान्डका दुई जना पर्यटक बाटो अवरुद्ध भएपछि बिगु गाउँपालिकाको ईलुकस्थित नासा जलविद्युत् आयोजनामा बसेका थिए।