विभागबाट पशुपक्षीका लागि फिड सप्लिमेन्ट, प्रोवायोटिक्स र मिनरलजस्ता सीमित वस्तु आयात गर्न सिफारिस पाएको कान्तिपुर भेटले उक्त विवरण किर्ते गरेर गैरकानूनी रूपमा नेपालमा दर्ता नभएका औषधि भित्र्याएको भेटिएको छ।
जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्।
रोशीखोलाको बाढीले बगाएको सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
इन्डिजेनस जेनजी कलेक्टिभले आदिवासी समुदाय र महिलालाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्ने र ती अधिकार नीति-कानूनको कागजी शब्दमा मात्र नभई, व्यवहारिक कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने माग राखेको छ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ।
नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ।
इजरायलले सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची रिहाइका लागि प्रकाशित गरेको छ।
मनसुन बहिर्गमन भइसकेकाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका भवनहरूमध्ये कुनैलाई सरसफाइ र रङरोगन गरी सञ्चालनमा ल्याउन थालिएको छ भने केही भत्काउनुपर्ने अवस्थामा छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
आईसीसी टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोट खेलको समूहको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यो वर्ष ८ दिन ढिलो गरी बाहिरिएको छ।
वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मतपछि शुक्रबारबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ।
मन्त्रिपरिषद्ले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मतसम्भार, प्रतिनिधिसभाको निर्वाचन खर्च, चालु आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक रकम व्यवस्थापन गर्न बजेट रकमान्तर गर्ने निर्णय गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र प्रमुख दलका नेताहरू सहभागी भएका छन्।
हाल जापानको कुल जनसंख्याको ३.२१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै भागहरूमा भएका युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको हकदार दाबी गर्दै आएका थिए।
यो साता उकालोमा जोगिए संसद् सचिवालयका दुर्लभ दस्ताबेज, ‘सुपर सरकार’को भूमिकामा सुदन गुरुङ, वर्षापछिको कहर: भर्चुअलदेखि भौतिक रूपमा तदारुक देखिएको सरकार लगायतका समाचार चर्चामा रहे।