सर्वोच्च अदालतले असोज २८ गते (मंगलबार)देखि रिट दर्ता र सुनुवाइ शुरू गर्ने भएको छ।
जाँचबुझ आयोगले 'जेनजी' प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।
धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षक चाडपर्वको समयमा समेत तलब भत्ता पाउनबाट वञ्चित भएका छन्।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।
इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।
पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा थप अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।
बेलायतको वेल्सस्थित ब्रेकनमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार दशैँको घटस्थापनायता आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् भने १८८ जना घाइते भएका छन्।
आइतबार नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको छ।
अमेरिकी राज्य टेनेसीको बक्सपोर्ट शहरस्थित एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वको कारखानामा शक्तिशाली विस्फोट भएको हो।
मादलकै स्वर र तालमा हराउन सिकेकाले होला, सपनीमा उनी मादलकै वरपर हुने गर्छन्। तर मादलको परख गर्ने वा सिक्न खोज्ने कोही बिपनीमै आइदेओस् भन्ने लाग्छ उनलाई।
कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा यहाँ आएका हुन्।
आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ।
यसअघि सीएनएनले २० जना जीवित रहेको र विपिनसहित दुई जना बन्धकको अवस्था अज्ञात रहेको भन्दै समाचार लेखेको थियो।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गत वर्षको लगातारको वर्षापछि सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिने क्रम रोकिएको छैन। दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ।
नेपाली कांग्रेसका युवाले पार्टीको महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।