ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
माङसेबुङ गाउँपालिका–१ का दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।
सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधीय उत्पादन पुनः गम्भीर छानबिनको दायरामा आएका छन्।
जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलमा आन्तरिकतर्फ यात्रुको चाप बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ।
माङसेबुङ–१ पाटीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकप्टर गएको छ।
कोशी र मधेशका धेरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। साथै, कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, चितवन प्रवेश गरेका र सवारी आवागमन बन्द भएर गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई जिल्लाभरका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिइनेछ।
महानगरले जोखिममा रहेका परिवारलाई आश्रय दिनका लागि करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको जनाएको छ।
प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री कार्कीले असोज १७ गते बेलुकीदेखि भइरहेको निरन्तर भारी वर्षापछि राज्यका सबै निकाय परिचालन गरिएको उल्लेख गर्दै सबैलाई सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरिन्।
बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि १० वटा केन्द्रमा खतराको तह पार भएकाले साइरन बजाइएको विभागले जनाएको छ।
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकासहित १३ भन्दा बढी स्थानमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन् भने केही सडकमा विपद् जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन 'होल्ड' गरिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई राजमार्गमा रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारसहितको आवश्यक बन्दोबस्त गर्न पनि आग्रह गरेको छ।
देशका विभिन्न स्थानमा शनिबार र शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ।
मन्त्रालयले संकलित रकमको दुरुपयोग रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न सहयोग रकम 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष'को आधिकारिक खातामा मात्र जम्मा गर्न आग्रह गरेको छ।
धनगढीबाट पोखराका लागि छुटेको यात्रुवाहक बस धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
बागमती खोला किनारका सुकुम्बासी बस्तीहरू डुबानमा परेसँगै उद्धार गर्न नेपाली सेना परिचालन गरिएको छ।
गृह मन्त्रालयले वर्षाका कारण बाढी, डुबान, भूक्षय लगायतको जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बिदाको निर्णय गरिएको जनाएको छ।
ताप्लेजुङदेखि सुनसरीको धरान जाँदै गरेको जिप तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ स्थित कात्तिकेमा दुर्घटना भएको हो।