घरेलु मैदानमा टेस्ट क्रिकेट खेलिरहँदा सोमबार मोहम्मद रिजवानलाई ओडीआई कप्तानबाट हटाउने निर्णय पीसीबीले गरेको थियो।
काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०ले एक दिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० कप्तानबाट मोहम्मद रिजवानलाई हटाएको छ। नयाँ कप्तानमा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी नियुक्त भएका छन्।
पाकिस्तानले दक्षिण अफ्रिकासँग खेलेको टेस्ट श्रृंखलाअन्तर्गत दोस्रो खेलको पहिलो दिन सोमबार पीसीबीले ओडीआई कप्तान परिवर्तनको निर्णय गरेको हो। पहिलो दिनको खेलमा विकेटकिपर ब्याटर रहेका रिजवान १९ रन बनाउँदै बाहिरिएका थिए।
पाकिस्तानको टेस्ट टोलीमा रिजवान र अफ्रिदी दुवैजना छन्। रिजवान ३३ र अफ्रिदी २५ वर्ष उमेरका हुन्। पाकिस्तानको टेस्ट कप्तान भने सान मसुद छन्।
रिजवानलाई ओडीआई कप्तानबाट हटाउने सम्बन्धमा पीसीबीले कुनै कारण दिएको छैन। पीसीबीका अधिकारीले इस्लामावादमा बैठक बस्नुअघि छनोट समिति र ओडीआई मुख्य प्रशिक्षक माइक हेसनसँग छलफल गरेका थिए।
मोहम्मद रिजवान २०२४ अक्टोबरमा कप्तान नियुक्त भएका थिए। त्यसलगत्तै भएको अस्ट्रेलिया भ्रमणमा उनको टिमले ओडीआई श्रृंखला जितेको थियो। त्योबेला पाकिस्तानले अस्ट्रेलियामा २२ वर्षपछि पहिलोपटक श्रृंखला जितेको थियो।
यद्यपि, सन् २०२५ को शुरूमा घरेलु मैदानमा न्युजिल्यान्डसँगको ओडीआई श्रृंखला गुमाएको थियो। २०२५ कै आईसीसी च्याम्पियन्स ट्रफीमा पनि पाकिस्तानले समूह चरण नै पार गर्न सकेको थिएन। भारत, बांग्लादेश र न्युजिल्यान्ड भएको समूहमा पाकिस्तान अन्तिम भएको थियो।
त्यसपछि भएको न्युजिल्यान्ड भ्रमणमा पाकिस्तानले ओडीआई श्रृंखला ३-० ले गुमाएको थियो। रिजवानले कप्तानी गरेको वेष्ट इन्डिजविरुद्धको श्रृंखलामा पहिलो खेल जितेर पनि पाकिस्तान २-१ ले पराजित भएको थियो। अन्तिम खेलमा त पाकिस्तान जम्मा ९२ रनमा समेटिएको थियो, जसमा वेष्ट इन्डिज २०२ रनले विजयी भएको थियो।
अब घरेलु मैदानमा नोभेम्बर ४ देखि हुने तीन खेलको ओडीआई श्रृंखलामा अफ्रिदीले पाकिस्तानको नेतृत्व गर्नेछन्। अफ्रिदीले २०१८ मा ओडीआई डेब्यु गरेका थिए। त्यसयता उनले ६६ खेल खेल्दै १३१ विकेट लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
