मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा सहभागीहरूले सरकारले दलहरूसँग समन्वय गर्नुपर्ने र निर्वाचनको पूर्ववातावरण तयार गर्नुपर्ने बताएका छन्।
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा सीमित भएको छ।
सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सामाजिक/अपांगता भत्ता लिनका लागि मान्छेले कतिसम्म गर्छन्!
मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्।
छापावाल सुन बुधबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।
सिँचाइ विभागअन्तर्गत भेरी बबई तथा सुनकोशी मरिणसहित २५ आयोजनाका ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।
प्रतियोगितामा अपराजित नेपाल ८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको ओमानको ६ अंक छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्य नबढाएको निगमले जनाएको छ।
पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।
विपिन जोशीको सम्झनामा काठमाडाैँको माइतीघर मण्डलमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
नेपालले तेस्रोपटक टी२० विश्वकपमा स्थान बनाएको छ। यूएईले समोआलाई पराजित गरेसँगै नेपाल अन्तिम दुई खेलअघि नै विश्वकपमा स्थान बनाउन सफल भएको हो।
चन्दननाथ नगरपालिका– १ जुम्ला आचार्यबाडा निवासी लेखक रमानन्द आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन्।
भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
'घोस्ट टाउन भिजिटर' नाम दिइएको यो विशेष तस्बीर खिच्न आफूलाई दश वर्ष लागेको उनले बताएका छन्।
प्रधानमन्त्री कार्कीले आज जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ।
समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।