AnonymousUser

Logout

कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।

विश्वकप छनोट: कतारमाथि नेपालको ५ रनको जित

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।

कोशीमा पुनर्निर्माणका लागि २५ प्रतिशत बजेट कटौतीको निर्णय

कोशी प्रदेश सरकारले 'जेनजी' प्रदर्शनका क्षतिग्रस्त सरकारी कार्यालयका साथै हालैको बाढीपहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, शव इजरायल पठाउने तयारी

हमासले सोमबार इजरायललाई फिर्ता गर्ने भनिएका चार जना मृत बन्धकको नाम सार्वजनिक गरेको छ। सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि उल्लेख छ।

सुरक्षा परिषद् बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

बैठकमा हालको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले जानकारी दिए।

विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ ।

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

पूर्वसभामुख उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

तिहारको चटारो: पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय तिहारका लागि माटोका पाला बनाउन व्यस्त देखिएका छन्।

नेप्से परिसूचक ४४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो।

दुई वर्षपछि गाजाबाट हमासले रिहा गर्‍यो २० जीवित बन्धक

रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ३ भारतीय नागरिक पक्राउ

बैंककबाट काठमाडौँ आएका तीन भारतीय नागरिक ११ किलोभन्दा बढी गाँजासहित पक्राउ परेको प्रहरीले बताएको छ।

पहिलो चरणमा हमासले रिहा गर्‍यो ७ इजरायली बन्धक

इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक, छैन विपिनको नाम

इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।

गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।

आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।

देशभर माैसम सफा रहने

सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

त्रिवि जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदन सार्वजनिक

छानबिन समितिले विवरण प्राप्त हुन नसकेको काठमाडौँ उपत्यकाभित्रका अचल सम्पत्ति र उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिएको छ।

जेनजी आन्दोलनपछि भागेका ५५४७ कैदीबन्दीको विवरण सार्वजनिक

कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भागेर नफर्किएका कैदीबन्दीको नामावली र विवरण सार्वजनिक गरेको छ।