AnonymousUser

Logout

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे।

एमाले महाधिवेशन मंसिर २७–२९ मा गर्ने प्रस्ताव

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा बुधबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेका छन्।

इटलीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’

इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।

सुइरेचौरबाट हिमाल हेर्दा [तस्वीरहरू]

काठमाडौँबाट नजिकै रहेको र बस्नका लागि पनि व्यवस्था रहेका कारण सुइरेचौरमा शुक्रबार र शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विपिनको निधनबारे इजरायलद्वारा औपचारिक जानकारी, शव ल्याउने प्रक्रिया शुरू

तेल अभिभस्थित नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रियासमेत शुरू गरेको मन्त्रालयले जनाएको छ।

मुद्रास्फीति १.८७ प्रतिशत, शोधनान्तर स्थिति १ खर्ब ५३ अर्बले बचतमा

असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।

मधेशमा बुधबार ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।

कारागारबाट भागेका ५२५७ कैदीबन्दी अझै बाहिरै

भदौ २३ र २४ गतेको आन्दोलनका दौरान भागेकामध्ये चार हजार ६१८ नेपाली, ५३५ भारतीय र १०४ अन्य देशका गरी पाँच हजार २५७ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेका छन्।

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड बराबर देखिएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भयो। साथै, कारोबार रकम पनि ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँमा खुम्चियो।

हमासबाट फिर्ता गरिएका चार बन्धकका शवमध्ये विपीन जोशीसहित दुईको पहिचान पुष्टि

इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार बन्धक शवमध्ये नेपाली विद्यार्थी विपीन जोशी र इजरायली नागरिक गाइ इलुजको पहिचान पुष्टि गरेको छ।

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ नचाहिने

बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर नचाहिने जनाएको छ।

देउवाले दिए उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे राजीनामा घोषणा

प्रदेशसभा बैठकमा विश्वासको मत लिने तालिका रहे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेश

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेश भएका छन्।

तिहारअघि चार शहरमा प्रदर्शन हुँदै नाटक ‘लस्ट एन्ड फाउन्ड’

लस्ट एन्ड फाउन्ड नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन्। नाटकको मुख्य भूमिकामा पवित्रा खड्का र सागर तिमल्सिना छन्।

गौघाट ग्रीन रनको उपाधि युवकराज र दीपशिखालाई

११ वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि गौघाट ग्रीन रन हुन थालेको छ।

भारतमा १५ अर्ब डलर लगानी गर्ने गुगलको घोषणा, एआई हब निर्माणको तयारी

गुगलले आगामी पाँच वर्षभित्र दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम शहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण गर्ने जनाएको छ।

एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।