AnonymousUser

Logout

किस्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

तोलामा २ हजारले घट्यो सुन

आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

दक्षिण चीन सागरमा अमेरिकी नाैसेनाको हेलिकप्टर र लडाकु विमान दुर्घटना

चीनले यस क्षेत्रमा आफ्नो दाबी गरिरहँदा अमेरिकाले पनि आफ्नो नौसेना युद्धपोत र विमान वाहकहरू पठाएर त्यहाँ चीनलाई चुनौती दिइरहेको छ।

पदयात्रामा जानुअघि मौसमबारे जानकारी लिन आग्रह

पछिल्ला दुई दिनमा लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  रहेको छ।

एल क्लासिकोमा रियल म्याड्रिडको जित

दुई प्रतिस्पर्धी टोलीबीचको खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकालेको हो।

आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।

५ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।

रूसद्वारा आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’को सफल परीक्षण

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको आणविक–शक्ति सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’को अन्तिम परीक्षण सफल भएको औपचारिक घोषणा गरेका छन्।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखत जवाफ

न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार लिखित जवाफ माग गर्दै कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेशी तोकेको छ।

‘जेनजी’ घटना जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

मिर्गौला तस्करीका ६ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

संगठित रूपमा मानव बेचबिखन तथा ओसारपसार गरी भारत पुर्‍याएर अवैध रूपमा मिर्गौला झिक्ने कसुरमा संलग्न ६ जना अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

विश्वकप लिग–२ : अमेरिकासँग नेपाल १०६ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

प्रदर्शनरत सबै पक्षलाई संयमित रहन मानव अधिकार आयोगको आग्रह

आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ।

काभा कप: अफगानिस्तानसँग नेपाल पराजित

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ।

नवनियुक्त २ मन्त्रीले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवलपुरमा तिहार अवधिमा २६ सवारी दुर्घटना, चार जनाको मृत्यु

कात्तिक १ देखि ८ गतेसम्म २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्यांकर तथा अटो रिक्सालगायत ६ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।

तिहारपछि ११ हजार ६०० ले घट्यो सुनको मूल्य

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले घटेको हो।