भौगोलिक विकटता र पानीका मुहान सुक्दै गएकाले बागलुङको खेतियोग्य जमिनमध्ये ८० प्रतिशत भागमा सिँचाइ सुविधा पुग्न सकेको छैन।
पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’मा नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएको छ।
शनिबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।
विश्वकपको सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित भएका हुन्।
आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको छ भने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।
मस्कले आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू, विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।
महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउनु राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका छन्।
सञ्चालक समितिमा रहेकै बेला एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर किनबेच गरेको भेटिएपछि ज्ञानेन्द्रलाल प्रधान र गुरुप्रसाद न्यौपानेविरुद्ध सेबोनले कारबाही प्रक्रिया अघि बढाएको छ।
संघीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसक्दा दिगो विकास लक्ष्य हासिल हुनेगरी शिक्षाक्षेत्रको विकासमा काम गर्न कठिनाइ भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन्।
मलेसियाको सेलाङ्गोर राज्यमा गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। ७० जनाको उद्धार गरिएको अग्नि तथा उद्धार विभागले जनाएको छ।
टीका प्रसाईंको गीत ‘आश छ र त’ सार्वजनिक भएको छ। प्रसाईंकै स्वरमा रहेको गीतको शब्द रचना र संगीत पनि उनी आफैँले गरेकी हुन्।
नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुरू भएको छ। अभ्यासमा विपद् व्यवस्थापन, उपचार, प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश हुनेछन्।
धनुषाको छेडीपोखरीमा २००७ सालअगावै जंगल फडानी शुरू भएको थियो। फडानी नरोकिएपछि बस्ती उजाड मात्रै भएको छैन। स्थानीय विस्थापित नै भएका छन्।
भारतीय निर्देशक प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका छन्।
संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ।
करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै?
जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोड्ने याेजना छ।
हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिबाना गर्ने वन तथा वातावरण विभागले जनाएकाे छ।
शुक्रबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा प्रदेश–१ को पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाभित्रका डबलीहरूलाई पुनर्जागृत गरी जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताएका छन्।