AnonymousUser

Logout

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जभित्र दुई दिनको अवधिमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।

विदेशी मुद्रा सञ्चितिमा सुधार, शोधनान्तर २० अर्बले बचतमा

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।

सात दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तिम मत परिणाम बुझाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्ने विषयमा आवश्यक परामर्श थालेकी छन्।

अध्यादेश खारेजीको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

सर्वोच्च अदालतले फौजदारी कार्यविधि संहिता,२०७४ संशोधन गर्न राष्ट्रपतिसमक्ष पेस भएको अध्यादेश रोक्न दायर रिटलाई अपरिपक्क भन्दै दरपीठ गरिदिएको छ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

हरेक वर्ष १८ डिसेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यसवर्ष सप्ताहव्यापी रूपमा मनाइने भएको हो। दिवसमा सरोकारवालाहरूको सहभागिता रहने छ।

सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सहकारी सचिव

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अर्थतन्त्र चलायमान गराउन सहकारीमा देखिएका समस्या समाधान हुनुपर्ने बताएका छन्।

सेमिफाइनलमा पराजयले मोरक्कोका समर्थक निराश, बेल्जियम र फ्रान्समा झडप

सेमिफाइनलमा मोरक्कोको हारपछि फ्रान्सको राजधानी पेरिस र बेल्जियमको राजधानी ब्रसेल्समा समर्थकहरूबीच झडप भएको छ।

प्रधानमन्त्रीलाई आयोगले गरायो निर्वाचन सम्पन्न भएको जानकारी

बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री देउवालाई निर्वाचन सम्पन्न भएको जानकारी गराएका छन्।

आणविक ऊर्जा उत्पादनमा ऐतिहासिक सफलता

अमेरिकाको क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर नेशनल ल्याबोरेटरीमा भएको प्रयोगबाट वैज्ञानिकहरू पहिलोपटक आणविक संयोजन प्रतिक्रियाबाट घनात्मक ऊर्जा प्राप्त गर्न सफल भएका हुन्।

क्यानले स्वीकृत गर्‍यो मुख्य प्रशिक्षक मनोज प्रभाकरको राजीनामा

पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले गत साउनमा भारतीय नागरिक प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

वैज्ञानिकहरूले पत्ता लगाए पोथी सर्पको यौनांग

अनुसन्धानकर्ताले पुरानो अनुसन्धानको समेत अध्ययन गरी सर्पको शारीरिक संरचना, हिस्टोलोजीमार्फत् सूक्ष्मरूपमा यौनांगको पहिचान गरेका हुन्।

काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरिबाबु महर्जन

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो चलाउनका निम्ति काठमाडौँ महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको बताएका छन्।

सभामुख बन्न अर्जुननरसिंह केसीको दौडधुप!

निर्वाचनपछि मतगणना सम्पन्न भई देश नयाँ सरकार गठनको संघारमा रहेको बेला अर्जुननरसिंह केसीले प्रतिपक्षी लगायत सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन्।

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। साे भूकम्पबाट भएकाे क्षतिकाे विवरण प्राप्त भएकाे छैन।

पाल्पामा कालीगण्डकी करिडोर निर्माण शुरू 

सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।

भारतीय अभिनेता ओबराेय नेपालमा

व्यवसायी पुनम यादवको निमन्त्रणामा नेपाल आएका भारतीय अभिनेता विवेक ओबराेय १० दिन नेपालका विभिन्न ठाउँ घुम्ने छन्।

नियमित सेवाप्रवाह रोकेर दिवस मनाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले बिहीबार आफ्ना सबै सेवाप्रवाह बन्द गरेर महानगर दिवस मनाउँदै छ।

निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै

मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे अन्तिम परिणाम घाेषणा गरेसँगै निर्वाचन आयोगले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाउने भएकाे छ।

काठमाडाैँ महानगर दिवस

काठमाडाैँ महानगरले मनायाे स्थापना दिवस

काठमाडौँ महानगरपालिकाले बिहीबार २८औं स्थापना दिवस मनाएको छ। सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा दिवस मनाएको हो। दिवसको नारा ‘सांस्कृतिक सहर काठमाडौँ महानगर’ तय गरिएको थियो। सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा भएको थियो। त्यसपछि हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउँदै आइरहेको छ।

१३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण अलपत्र पार्ने र आपूर्ति गर्न नसक्ने १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।