फिफा विश्वकप फुटबल २०२२ काे उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनल पुगेकाे हाे।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको थियो।
“मैले समानुपातिकमा १० लाख मत आउने अपेक्षा गरेको थिएँ। थ्रेसहोल्ड नकट्ने त कुरै थिएन। मलाई केपी ओलीको षडयन्त्रपूर्ण योजना र निर्वाचन आयोगको भूमिकामाथि शंका छ।”
बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा पनि तत्काल ब्याजदर नबढ्ने भएको छ, यस्तो अवस्थामा सेयर बजारमा उत्साह देखिनुपर्नेमा अहिले बजार स्थिर देखिएको सेयर जानकारहरू बताउँछन्।
विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी छ। जलवायु परिवर्तनका कारण कंगोमा आकस्मिक बाढीको जोखिम बढिरहेको बताइएको छ।
रेशम चौधरीलगायत टीकापुर घटनामा सजाय भोगिरहेकाहरूलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारू समुदायले माइतीघरमा प्रदर्शन गरेको छ।
अध्यक्ष तिमिल्सिनाले छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताएका छन्।
नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पुर्याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको बताए।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताएका छन्।
रास्वपा सभापति लामिछानेको नागरिकता विवादलाई लिएर उनको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
यसअघि विश्वकै धनी व्यक्तिका रूपमा रहेका एलन मस्क दोस्रो स्थानमा पुगेका छन् भने तेस्रो स्थानमा भारतका गौतम अडानी रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्ष निर्वाचनका लागि ६१ वटा र समानुपातिकतर्फ ४७ वटा दल सहभागी भएका थिए।
कांग्रेस नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई संसदीय दलको नेता चयनका लागि सघाउन आग्रह गरेका छन्।
मेलम्चीकाे पानी वितरणका लागी बनाइएका १० मध्ये आठ वटामा पानी पुगिसकेको छ। बाँकी दुईवटामा चार दिनभित्र पुग्ने केयूकेएलले जनाएकाे छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देवप्रसाद गुरूङबीच भएकाे भेटमा के कुराकानी भयाे भन्ने बाहिर आएको छैन।
संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले अवकाश हुन नाै महिना बाँकी छदै पदबाट राजीनामा दिएका छन्।
कैलालीसहित पश्चिम तराईमा शीतलहर शुरू भएको छ। हुस्सु र शीतलहरका कारण सडकमा गाडी र मानिसको आवतजावत पातलिएको छ।
मोरक्काेका मुख्य प्रशिक्षक वालिद रेग्रागुईले कुनै समय ओलिभर जिरूउडसँगै फ्रान्सकाे क्लबबाट खेलेका थिए। बुधबार जिरूउड मोरक्कोविरुद्ध खेलिरहँदा रेग्रागुई ‘टचलाइन’ सम्हालिरहेका हुनेछन्।
दमक नगरपालिका र रेडक्रसले सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेका छन्।