AnonymousUser

Logout

गगन थापालाई प्रदीप पौडेलको पनि साथ

नेपाली कांग्रेसको संस्थापनइतरबाट संसदीय दलको नेताको साझा उम्मेदवार गगन थापालाई नेता प्रदीप पौडेलले पनि साथ दिने भएका छन्।

१५औँ महाधिवेशनको सभापतिमा सघाउने शर्तसहित संसदीय दलमा गगनलाई शेखरको साथ

पन्ध्रौँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्न सहमत भएपछि डा. कोइरालाले नै थापालाई दलको नेतामा प्रस्ताव गरेको स्रोतले जनाएको छ।

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्यमा सोमबार फेरबदल भएन। मंगलबार प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।

गगनलाई संस्थापन इतरबाट दलको नेताको उम्मेदवार बनाउने समझदारी, औपचारिक निर्णय हुन बाँकी

नेपाली कांग्रे‍सको संस्थापन इतर समूहमा महामन्त्रीसमेत रहेका सांसद् गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने समझदारी जुटेको छ।

राप्रपाका पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ गराउने

संसद् सचिवालयले राप्रपाका पशुपतिशमशेर राणालाई प्रतिनिधिसभाको ज्येष्ठ सदस्य ठहर गरेको छ।

शेखर र गगनबीच सहमति जुटाउन संस्थापनइतर समूहको बैठक जारी

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो दुईदेखि तीनबजेसम्मको समय तोकिएको छ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज मनोनयन दर्ता

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।

आजको मौसमः प्रदेश १ मा वर्षाको सम्भावना

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

संसदीय दलको नेतामा मिलेर उम्मेदवारी दिन शेखर-गगनलाई सांसदहरूको चर्को दबाब

कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।

बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था गर्न सरकारसँग माग

बादी समुदायका युवतीहरूले आफूहरूका लागि छुट्टै कोटाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।

शेखर-गगन समूहको बैठक अनिर्णित, मंगलबार पुनः छलफल हुने

नेपाली कांग्रेसको संस्थापनइतर समूहको छलफल मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्गिएको सहमहामन्त्री जीवन परियारले बताए।

ट्विटर प्रयोगकर्ताले गरे एलोन मस्कको विपक्षमा मतदान

एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।

शेखर–गगन समूह निर्णायक छलफलमा

संसदीय दलको नेतामा आकांक्षा राखेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छुट्टै छलफल गरेको छ।

संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक

शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक गरिएको छ।

क्यानडामा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ भने एक गम्भीर घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

घर न घाटको हुने गल्ती गर्दैनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका पार्टी र नेताहरूमा अहङ्कार बढे र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न तयार रहेको बताएका छन्।

नेप्सेमा झिनो अंकको सुधार, ८८ करोडको कारोबार

कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए। कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ।

निर्वाचन आयोगको जलपानमा राष्ट्रपतिदेखि नवनिर्वाचित सांसदहरूसम्म [तस्वीरहरू]

निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नवनिर्वाचित सांसदहरूसम्मको उपस्थिति रहेको छ।

थाइल्यान्डमा पानीजहाज पल्टिँदा ३१ नौसेना बेपत्ता

थाइल्यान्डमा नौसेना सवार जहाज समुद्रमा पल्टिँदा ३१ जना बेपत्ता भएका छन् भने ७५ जनाको उद्धार गरिएको छ।

शंकर पोखरेलको तर्क : शहरिया मध्यम वर्गका कारण देशमा अस्थिरता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्गमा विचलन देखा परेको बताएका छन्। उनले हरेक चुनावमा नयाँ-नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने बताए।