AnonymousUser

Logout

समानुपातिकतर्फका सांसदको घोषणा गर्दै आयोग

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा निर्वाचित हुने सांसदकाे नामावली सार्वजनिक गर्दै छ।

काभ्रे दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस मंगलबार साँझ चलाल गणेस्थानमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ। जसमध्ये चार जनाकाे अझै परिचय खुलेकाे छैन।

विश्वकप फुटबल : दाेस्राे सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

कतार विश्वकपकाे दाेस्राे सेमीफाइनलमा फ्रान्स र माेरक्काे भिड्दै छन्। अफ्रिकन टोली मोरक्को पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेकाे हाे।

अल्भारेज र मेसी चम्किए, अर्जेन्टिना ८ वर्षपछि फाइनलमा

कप्तान लियोनल मेसी र फर्वार्ड जुलियन अल्भारेजले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना विश्वकपकाे फाइनलमा पुगेकाे छ।

काभ्रे बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो, २२ जना घाइते

काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ भने २२ जना घाइते भएका छन्।

काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताए।

ट्विटरको ‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’ भंग

‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’का प्रतिनिधिहरूले बैठक बस्ने तयारी गरिरहेकै बेला काउन्सिल नै भंग भएको सूचना इमेलमार्फत पठाइएको थियो।

इलाम-१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनाल सर्वाेच्चमा

नेता खनालले पुनः मतदानको माग गर्दै निर्वाचन आयोग, इलामका मुख्य निर्वाचन अधिकृत, संघीय संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा बुधबार घोषणा गर्ने जनाएको छ।

आममाफी दिने अध्यादेश खारेज गर्न नेपाल प्रहरीका १३ पूर्वआईजीपीको माग‍

नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरूले अध्यादेशले बहालवाला तथा पूर्वसुरक्षाकर्मी र उनीहरूका परिवारलाई हतोत्साहित र निराश बनाएको बताएका छन्।

सत्ता गठबन्धनमै रहने लोसपाको निर्णय

अध्यक्ष महन्थ ठाकुरले लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको बताएका छन्।

सरकारको विरोध गरेको भन्दै इरानमा १ जनालाई सार्वजनिक रूपमा दिइयो मृत्युदण्ड

हालैका दिनमा सरकार विरोधी गतिविधिमा संलग्न भएको भन्दै इरानले मृत्युदण्ड दिएको यो दोस्रो घटना हो।

नयाँ पार्टी खोल्ने छलफलमा प्रभु साह र अमरेश सिंह

प्रभु साह र अमरेश सिंह मिलेर नयाँ पार्टी खोल्ने विषयमा छलफल थालेका छन्।

संसद् सचिवालयका कर्मचारीको सेवा-सुविधा बढाउने अवस्था छैन : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने बताएका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

 मंगलबार ७७ करोड ७० लाख ८९ हजार रुपैयाँबराबरका २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

जब एकैपटक ३०० सान्टा स्की खेल्न निस्किए!

सान्टा क्लसको भेषमा एकैपटक ३०० जनाले स्की गरेको भिडियो/तस्वीरले ध्यान खिचेको छ।

पुसमा निक्षेपको ब्याजदर यथावत् रहने

६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए।

यसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने छन्।

ऐन, नियम बनाउँदा दलहरू विभाजित बन्नु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऐन, नियम बनाउने कुरामा विभाजित हुन नहुने बताएका छन्। उनले संसद्‌मा रहेका दलहरू नीति निर्माणका लागि एकठाउँ उभिनु आवश्यक भएको बताए।

संघीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गर्‍यौँ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। उनले विकास निर्माणका साथै प्रदेश राजधानी सार्नुलाई आफ्ना उपलब्धि भएको बताए।