AnonymousUser

Logout

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार

कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आकाङ्क्षा देखाएका छन्।

सांसदहरूको शपथ पुस ७ गते, प्रमाणपत्रसहित उपस्थित हुन संसद् सचिवालयको आग्रह

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पुस ७ गते १ बजे शपथग्रहण गराउने गरी तयारी भइरहेको जनाए।

टोखामा फल्चा बनाउन जग खन्दा भेटियो मल्लकालीन इँटाबाट बनेको संरचना

टोखा–२ को नगर क्षेत्रभित्र भेटिएको करिब २१६ सेन्टिमिटर लामो संरचनामा माआपा (मल्लकालीन इँटा) को प्रयोग भएको छ। कोठा आकारको संरचनाको गारो १८ इन्चको र दुई पर्खालबीचको भाग ४२ इन्चको छ।

सांसदको शपथ नभई प्रधानमन्त्री नियुक्त गर्न मिल्छ?

विज्ञहरूले सांसदको शपथबिना प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसदीय व्यवस्थामा सरकार संसद्‌बाट बन्ने र संसद्‌बाहिरबाट बन्ने सरकार संसद्‌प्रति उत्तरदायी हुन नसक्ने दाबी उनीहरूको छ।

इराकमा बम विस्फोट, ९ जना सुरक्षाकर्मीको मृत्यु

विस्फोटको कसैले जिम्मा लिएको छैन। घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको सरकारको आशंका छ।

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत्

रास्वपाले संसदीय दलको नेतामा रवि लामिछानेलाई सर्वसम्मत चुनेको छ। पार्टीले आजै उपनेता, प्रमुख सचेतक तथा सचेतक पनि चुन्दैछ।

मेस्सीले छाडेनन् जित्न बाँकी कुनै उपाधि

२०१६ को कोपा अमेरिकामा हार बेहोरेपछि सन्न्यास लिएका मेस्सी समर्थकको ‘डन्ट गो लियो’ अभियानले पुनः मैदान फर्किए। २०१८ को विश्वकपबाट पनि चुकेका उनले यसपटक भने अर्जेन्टिनाको ३६ वर्ष लामो सपना साकार पारे।

भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्छ : उद्योग महासंघ

महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ।

माओवादीले सांसदको शपथपछि मात्रै संसदीय दलको नेता चुन्ने

नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि संसदीय दलको नेता छान्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल थाल्ने निर्णय गरेको छ।

अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो।

फ्रान्सविरुद्ध अर्जेन्टिनाको दोहोरो अग्रता

लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलअन्तरको अग्रता लिएको हो।

सुनवलको १३२ केभी सब-स्टेसन सञ्चालन भएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो।

एकीकृत समाजवादीले सोमबार संसदीय दल गठन गर्दै

राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।

नवीकरणीय ऊर्जामा नेपालका योजना महत्वाकांक्षी, खपत भने ३ प्रतिशत मात्रै

नेपालले सन २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए पनि अहिले पनि जैविक र बायोमास इन्धनको खपत ९२ प्रतिशत रहेको छ। जसले सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ।

सांसदको शपथअगावै सरकार गठनको आह्वान गर्न मिल्दैन : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले शपथ लिनुअगाडि नै सरकार गठनका लागि आह्वान हुनु गलत भएको बताएका छन्।

आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य थाल्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठनका लागि संवाद थाल्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रपतिले शुरू गरिन् सरकार गठन प्रक्रिया, पुस १० भित्र प्रधानमन्त्रीको नाम दिन दलहरूलाई आह्वान

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।

संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो समिति

सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।

फुटबल फिभर

भक्तपुरमा विश्वकप फाइनलको उत्साह

विश्वकप फुटबलअन्तर्गत फ्रान्स र अर्जेन्टिना बीच जारी फाइनल खेल हेर्दै भक्तपुरबासी । तस्वीरः अमित मचामसि/उकालो

महानगरले उठायो अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारी

काठमाडौँ महानगरपालिकाले अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेपछि चालक र स्थानीय विरोधमा उत्रिएका छन्।