बालुवाटार बैठक छाडेर निस्किए दाहाल, ओलीलाई भेट्न बालकोट जाँदै

सत्ता गठबन्धनको बैठकमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय टुंगो नलागेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन्।

काठमाडौँ– सत्तागठबन्धनको बैठकमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय टुंगो नलागेपछि गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ‘कुरा नमिलेपछि’ दाहाल त्यहाँबाट हिँडेका हुन्। दाहाल बैठक छाडेर हिँड्नुलाई नेताहरूले गठबन्धन टुट्ने अवस्थामा पुगेको भनेर टिप्पणी गरेका छन्।

दाहाल बालुवाटारबाट निस्केर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित ओली निवास जान लागेको माओवादीका एक नेताले जानकारी दिए।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पनि दाहाल बालकोट आउन लागेको उकालोलाई बताए। दाहाल अहिले खुमलटारस्थित आफ्नो निवास पुगेका छन्।