Saturday, April 27, 2024

-->

जोहानेसबर्गस्थित अवैधानिक आप्रवासी रहेको भवनमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

स्थानीय बोलिचालीमा अवैधानिक आप्रवासीहरुले गैरकानूनी रुपमा प्रयोग गरेका भवनलाई ‘हाइज्याक्ड’ भवन भन्ने गरिन्छ।

जोहानेसबर्गस्थित अवैधानिक आप्रवासी रहेको भवनमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित एक आवासीय भवनमा लागेको आगोमा परेर मृत्यु हुनेको संख्या ६३ पुगेको छ। त्यो भवन अवैधानिक आप्रवासीहरुले प्रयोग गर्दै आएको बीबीसीले जनाएको छ।

त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले त्यो भवन ‘हाइज्याक्ड’ भवन भएको जनाएको छ। स्थानीय बोलिचालीमा अवैधानिक आप्रवासीहरुले गैरकानूनी रुपमा प्रयोग गरेका भवनलाई ‘हाइज्याक्ड’ भवन भन्ने गरिन्छ। 

जोहानेसबर्गको आपतकालीन सेवा कार्यालयका प्रवक्ता रोबर्ट मुलाजीका अनुसार पाँचतले उक्त भवनबाट ४३ जना घाइतेको उद्धार गरिएको छ। उद्धारकार्य जारी रहेको र ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने उनकाे भनाइ छ। 

आगलागी भएको भवन दक्षिण अफ्रिकाको आर्थिक हब मानिने व्यापारिक जिल्लाको पनि दुर्गम क्षेत्रमा पर्छ। भवनमा बिहीबार बिहान आगो लागेको बताइएको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।


सम्बन्धित सामग्री