हङकङबाट आएको १०० किलो सुनको तस्करी संगठित र अन्तरदेशीय अपराधसँग जोडिएकाले अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निष्कर्षमा सरकार पुगेको हो।
काठमाडौँ– १०० किलो सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीले गर्ने भएको छ। सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सुन प्रकरणको अनुसन्धानको जिम्मा दिन लागेको हो।
हङकङबाट आएको १०० किलो सुनको तस्करी संगठित र अन्तरदेशीय अपराधसँग जोडिएकाले अनुसन्धानको जिम्मा सीआइबीलाई दिने निष्कर्षमा सरकार पुगेको हो। गत साउन २ गते भन्सार जाँचपास भएर बाहिरिएको १०० किलो सुन बरामद गरेर राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको थियो।
भन्सारले बरामद गरेर अनुसन्धान गरिरहेको १७ दिनपछि सीआईबीले अनुसन्धान गर्ने जिम्मेवारी पाउन लागेको हो। बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्त कुँवर, महान्यायाधिवक्ता दिनमणी पोखरेल, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुँगानासँग छलफल गरेका थिए।
“सुन प्रकरण अनुसन्धानको जिम्मा सीआईबीलाई दिने हिजोको छलफलको निष्कर्ष हो। आज साँझसम्म राजश्व विभागले अहिलेसम्मको अनुसन्धानको विवरणसहित बाँकी अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गर्छ,” गृहमन्त्री निकट उच्च स्रोतले भन्यो। महान्यायाधिवक्ता पोखरेलले पनि सुन प्रकरणको अनुसन्धान सीआईबीले गर्ने विषयमा बिहीबार साँझ छलफल भएको पुष्टि गरे।
१०० किलो सुन तस्करी संगठित रूपमा नै भएकाले यो प्रकरणको अनुसन्धान प्रहरीलाई दिनुपर्ने माग भइरहेको थियो। प्रहरी नेतृत्वले पनि पटक–पटक यो प्रकरणमा अनुसन्धानको जिम्मेवारी नदिइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षणसमेत गरिरहेको थियो। चौतर्फी रूपमा प्रहरी यो अनुसन्धानमा कतै सहभागी नभएको भन्ने आवाज उठेपछि सरकारले सीआईबीको जिम्मा लगाउन लागेको हो। यद्यपि, यसमा राजस्व छली भएको विषय भने राजस्व अनुसन्धान विभागले नै हेर्ने छ।
सीआईबी प्रमुख किरण बज्राचार्यले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने विषयमा औपचारिक रूपमा जिम्मेवारी आइनसकेको जानकारी दिइन्। “हामीलाई अनुसन्धान गर्न भनेर औपचारिक पत्राचार भएर जिम्मा दिइसकिएको छैन। जिम्मेवारी दिइएपछि अनुसन्धान अघि बढाउँछौँ।”
आफू नेतृत्वको विभागले गरिरहेको अनुसन्धान आफैँले गर्नुपर्नेमा राजश्व अनुसन्धान विभाग थियो। तर, सरकारले नै दिने तयारी गरेपछि विभागले सीआईबीलाई जिम्मा लगाउनुपर्ने छ। विभाग प्रधानमन्त्री मातहत रहेको निकाय हो। राजश्व विभागले अहिलेसम्म यो प्रकरणमा १७ जनालाई पक्राउ गरिसकेको छ।
“बिहीबारको छलफलमा पनि राजश्व विभागका महानिर्देशक ज्यूले अनुसन्धान गरिरहेकाले विभागले टुंगो लगाउँछ भनेर भनिरहनुभएको थियो,” एक सहभागीले भने, “संगठित रूपमा नै सुन तस्करी भएको, अन्तर्देशीय अपराधदेखि पक्राउ परेका मुख्य योजनाकार भनिएका व्यक्तिसँग दोहोरो नागरिकता र राहदानीको विषय पनि जोडिएकाले अन्तिममा प्रहरीलाई अनुसन्धानको जिम्मा लगाउने विषयमा सबै कन्भिन्स हुनुभएको हो।”
यो पनि
सुन तस्कर छुटाउन मन्त्रिपरिषद् नै थियो सक्रिय, छानबिन समितिमाथि अर्थमन्त्रीको दबाब
राजनीतिक ‘कनेक्सन’ देखिन थालेपछि रोकिएको थियो साढे ३३ किलो सुन–काण्डको अनुसन्धान
‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?
५ वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्ने एमके अग्रवालः को हुन्, कसरी उम्किन्छन्?
जफत गरिएको तस्करीको सुन सरकारले बेच्छ, पाँच वर्षमा राष्ट्र बैंकले किन्यो ३७७ किलो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
