Thursday, May 09, 2024

-->

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० र चाँदी २५ रुपैयाँले बढेको हो। छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० र तेजाबी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार एक हजार ४६५ रुपैयाँ थियो।


सम्बन्धित सामग्री