Saturday, April 27, 2024

-->

त्रिभुवन विमानस्थल भन्सार परिसरमा भेटिएन थप सुन

थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।

त्रिभुवन विमानस्थल भन्सार परिसरमा भेटिएन थप सुन

काठमाडौँ– त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप सुन नरहेको पाइएको छ। मोटरसाइकल र स्कुटरको ‘ब्रेकसु’मा राखेर सुन ल्याएको समूहले नै थप ल्याएको हुनसक्ने आशंकामा राजस्व अनुसन्धान विभागले खोजतलास गरेको थियो। 

तर १३ वटा पोका खोजतलास गर्दा थप सुन फेला नपरेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए। मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा ब्रेकसुमा लुकाएर ल्याइएको करिब १ सय क्विन्टल सुन भन्सार जाचँपास भएर बाहिरिएपछि ट्याक्सीमा राखिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। 

थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।


सम्बन्धित सामग्री