Thursday, May 16, 2024

-->

दीपक मल्होत्राले भने– सुनको व्यापार २०५५/०५६ सालमा नै छाडेको हुँ

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको बताएका छन्।  

दीपक मल्होत्राले भने– सुनको व्यापार २०५५०५६ सालमा नै छाडेको हुँ

काठमाडौँ– व्यावसायी दीपक मल्होत्राले आफूले सुनको व्यापार २०५५/०५६ सालमा नै छाडेको बताएका छन्। 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको स्पष्टीकरण दिएका हुन्। 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले पत्रकार सम्मेलन गरेका हुन्। 

“२०५५/०५६ सालसम्म विदेशबाट नेपाल आउँदा १० किलासम्म सुन बोकेर ल्याउन पाइन्थ्यो। त्यो सुन भन्सार तिरेर ल्याउन पाउने प्रावधान थियो। मैले पनि विदेशबाट फर्किनेलाई सुन लिएर आउन भन्थेँ र किनिदिन्थेँ,” उनले भने, “तर, भारतमा भन्सार दर घटेपछि नेपालमा पनि सुनको बजार कम भयो। र म पनि अरू नै व्यापारमा लागेँ।” 

त्यस बेलादेखि नै सुन भन्ने बित्तिकै आफ्नो नाम जोडिन थालेको मल्होत्राको भनाइ छ।


सम्बन्धित सामग्री