Wednesday, June 05, 2024

-->

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हाल, कोशी र मधेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी बागमती गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी र मधेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ।  

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ। 

कोशी  र  गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने छ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।  यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ। 


सम्बन्धित सामग्री