Saturday, May 18, 2024

-->

खाँणलाई म्याद थपका लागि अदालत लगियो

खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि अदालत लगिएको हो।

खाँणलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालत लगिएको छ।

खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि अदालत लगिएको हो। पहिले सरकारी वकिलको कार्यालयमा बयान गराएर अदालत लगिने प्रहरीले जनाएको छ।

बुधबार बिहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो। उनलाई बा २ झ १२६ नम्बरको प्रहरी भ्यानमा राखेर अदालततर्फ लगिएको हो।


सम्बन्धित सामग्री