Friday, April 26, 2024

-->

आईपीएलमा गुजरातको विजयी शुरूआत, चेन्नई पराजित

आईपीएल क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।

आईपीएलमा गुजरातको विजयी शुरूआत चेन्नई पराजित

काठमाडौँ– साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा विजयी शुरूआत गरेको छ।

शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो। अहमदाबादमा जितका लागि पाएको १८० रनको लक्ष्य गुजरातले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

गुजरातका शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६३ रन बनाए। ऋद्धिमान शाह १६ बलमा २ चौका र २ छक्कासहित २५, साई सुदर्शन २२, विजय शंकर २७ र हार्दिक पान्ड्या ८ रनमा आउट भए। राहुल टेवाटिया १५ र राशिद खान १० रनमा अविजित रहे।

चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले सर्वाधिक ३ तथा तुषार देशपाण्डे र रविन्द्र जडेजाले १र१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार इनिङ्स खेले। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। मोईन अली १७ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए।

स्टोक्सले ७, अम्बाती रायुडूले १२ र शिबम दुबेले १९ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी १४ रनमा अविजित रहे। गुजरातका राशिद खान, मोहम्मद शामी र अल्जारी जोशेफले २र२ विकेट लिए। राशिद खान प्लेयर अफ द म्याच चुनिए। जोशुवा लिटिलका नाममा १ विकेट रह्यो। 

आईपीएलमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।


सम्बन्धित सामग्री