Tuesday, May 07, 2024

-->

रेशम चौधरीको मुद्दामा मिसिल कागज झिकाउने आदेश

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ।

रेशम चौधरीको मुद्दामा मिसिल कागज झिकाउने आदेश

काठमाडौँ– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रबार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो।

नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो। तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्‍यो। 

आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भनी रिट निवेदन दायर गरेका थिए।

आयोग र रञ्जितालाई विपक्षी बनाएर रेशम एक्लैले गत चैत २३ गते र वैशाख ७ गते रेशमसहित ६४ जनाले रिट निवेदन दायर गरेका थिए। 


सम्बन्धित सामग्री