Friday, March 29, 2024

-->

चेन्नाईले जित्यो आईपीएलको उपाधि, गुजरात ५ विकेटले पराजित

अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका हान्दै चेन्नाईलाई उपाधि दिलाए।

चेन्नाईले जित्यो आईपीएलको उपाधि गुजरात ५ विकेटले पराजित  
तस्वीर: चेन्नईको फेसबुक

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ।

साबिक विजेता गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिका आधारमा ५ विकेटले पराजित गर्दै चेन्नाई पाँचौँ पटक च्याम्पियन बनेको हो।

२१५ रनको लक्ष्य पछ्याएको चेन्नाईले शुरूआती ३ बलमा ४ रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो। त्यसपछि चेन्नाईले १५ ओभरमा १७१ रनको लक्ष्य पायो।

अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका हान्दै टोलीलाई उपाधि दिलाए। शिवम दुबे ३२ र जडेजा १५ रनमा नटआउट रहे। डेभन कन्वे २५ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए। 

घरेलु टोली गुजरातका मोहित शर्माले ३ तथा नुर अहमदले २ विकेट लिए। त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो।

गुजरातका साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ्स खेले। ऋद्धिमान शाहले ३९ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए।

शुभमन गिल २० बलमा ७ चौकासहित ३९ रनमा आउट भए। हार्दिक पान्ड्या २१ रनमा नटआउट रहे। 

चेन्नाईका मथिसा पाथिरानाले २ तथा दीपक चाहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिए। 


सम्बन्धित सामग्री