Friday, April 26, 2024

-->

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।

अफगानिस्तानमा शक्तिशाली भूकम्प ५ जनाको मृत्यु
तस्वीर : अलजजीरा

अफगानिस्तानमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा ५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको लाघमान प्रान्तमा दुई र उत्तरी पाकिस्तानमा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। भूकम्पमा परी कम्तीमा ३०० जना घाइते भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पाकिस्तान र ताजिकिस्तानको सीमास्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा केन्द्रबिन्दु बनाएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

राति १०.१७ बजे गएको भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।

पुन: भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताएको स्थानीयलाई उद्‌धृत गर्दै सीएनएनले लेखेको छ।

भूकम्पपछि गएको पहिरोले पाकिस्तानको उत्तरी शहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।


सम्बन्धित सामग्री