Friday, April 26, 2024

-->

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार ५०० पुग्यो

नेपाली बजारमा सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड प्रतितोला १ लाख ७ हजार ५०० पुग्यो

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। छापावाल सुन बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। बुधबार प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन एक लाख सात हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस्तै चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी तोलामा २५ रुपैयाँले बढेको हाे। महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।


सम्बन्धित सामग्री