इन्धनसहित ठूलो संख्यामा मानवीय समूह र राहत सहयोग गर्ने विषय पनि सम्झौतामा उल्लेख गरिएको कतारले जनाएको छ।
भारतमा उद्धारकर्ताले विगत ९ दिनदेखि उत्तराखण्डस्थित एक सुरुङमा फसेका ४१ जना कामदारलाई उद्धार गर्ने विकल्पका रूपमा नयाँ सुरुङ खन्ने योजना अघि सारेका छन्।
इजरायल र रसिया दुवै आणविक हतियारले सम्पन्न मुलुक मानिन्छन्। यदि, युद्ध आफ्नो नियन्त्रणमा नआए यी देशले कुनै पनि बेला आणविक हतियार प्रयोग गर्न सक्ने भयले विश्वलाई नै त्रसित बनाएको छ।
इजरायल–हमास युद्धबीच मध्यस्थता गरिरहेका कतारका प्रधानमन्त्री अल थानीले बन्धकहरूलाई मुक्त गर्ने सम्झौता ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएको बताएका छन्।
प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिनुका साथै ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएको छ।
जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेको तथा ‘ड्रिलिङ मेसिन’ बिग्रिएका कारण उद्धारको काम सुस्त भएको छ।
ओपनएआईले अल्टम्यानको नेतृत्वमा च्याटजीपीटी च्याटबट सार्वजनिक गरेपछि विश्वभर एआईबारे चर्चा चुलिएको थियो।
राजधानी सोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको छ।
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४० जना कामदारको बचाउ कार्य जारी छ। शुक्रबार अपराह्नसम्म उद्धारका लागि आवश्यक पर्ने ६० मिटरमध्ये ३६ मिटर पाइप बिछ्याउन बाँकी रहेको सरकारी अधिकारीको भनाइ।
बैंक अफ कोरियाको अध्ययनअनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने सम्भावना उच्च छ।
सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।
केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आकलन गरेको छ।
भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
सी चिनफिङको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग मुख्यगरी इजरायल–हमास र रुस–युक्रेन युद्धबारे छलफल हुने अनुमान गरिएको छ। तर वार्ता उपलब्धिपूर्ण हुनेमा शंका गरिएको छ।
श्रीलंकाको सर्वोच्च अदालतले देशको अर्थतन्त्र संकटको स्थितिमा पुग्नुमा पूर्वराष्ट्रपति गोटबाया र उनका भाइ महिन्दासहित १३ पूर्वनेता तथा उच्च पदस्थ पूर्वअधिकारीहरू जिम्मेवार रहेको ठहर गरेको छ।
हमासको कमान्ड सेन्टर रहेको भन्दै हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण आश्रित गाजाकै सबैभन्दा ठूलो अस्पतालमा इजरायली सेना प्रवेश गरेको छ।
विज्ञहरूले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रक्रिया महँगो हुने, यसको दिगो प्रभावबारे अहिलेसम्म प्रमाणित तथ्य उपलब्ध नभएको बताएका छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।
थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्।
इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्।