AnonymousUser

Logout

श्रीलंकाले हटायो थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध 

श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

कोलम्बियाको जंगलमा हराएका ४ बालबालिकाको ४० दिनपछि उद्धार

बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए। 

सांसद पदबाट राजीनामा घोषणा गर्दै बोरिस जोन्सनले भने– पार्टीगेट अध्ययन प्रतिवेदन पूर्वाग्रही

विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।

मस्कोमा ड्रोन फ्याक्ट्री बनाउन इरानले रुसलाई सहयोग गरिरहेको छ: ह्वाइट हाउस

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए।

ट्रम्पमाथि गोप्य दस्ताबेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग

राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।

रुस–युक्रेन वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार, वार्ता यही महिना हुने सम्भावना

गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रुसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन्।

फ्रान्सको आल्प्समा बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण

प्रक्षेपण प्रतिवेदन सार्वजनिक गर्दै ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्।

काखोभका बाँध भत्किएपछि हजारौँ पिउने पानीबाट वञ्चित भए : जेलेन्स्की

संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रका हजारौँ मानिसमाथि गम्भीर र दूरगामी असर पर्ने चेतावनी दिएको छ।

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

इलेक्ट्रोनिक इन्टरलकिङ प्रणालीमा भएको परिवर्तनका कारण भयानक रेल दुर्घटना भएको भारतको रेलवे विभागले जनाएको छ।

टर्किस एयरलाइन्सले एकै पटक ६०० नयाँ जेट विमान थप्दै

९० वर्ष पुरानो टर्कीको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले यति ठूलो परिमाणमा नयाँ विमानहरु थप्न महत्वाकांक्षी योजना ल्याएको हो। 

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्यान्ड भ्रमणमा

न्युजिल्यान्डमा रहँदा प्रधानमन्त्री रबुकाले अकल्यान्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठक, राष्ट्रिय युद्ध स्मारक र ‘प्यासिफिक वार मेमोरियल’को भ्रमण गर्नेछन्।

भारी वर्षा र बाढीले जापानमा ३ जनाको मृत्यु, ९९० घरमा क्षति

मध्य जापानको आइची र शिजुओका प्रान्तमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्य जारी रहेको एजेन्सी क्योडोले जनाएको छ।

उडिशामा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालन

भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।

चार सन्तान हत्या आरोपमा २० वर्ष जेल बसेकी महिला निर्दोष प्रमाणित

अष्ट्रेलियाकी काथ्लिन फोल्बिग चार सन्तानको हत्यामा २० वर्ष जेल बसेपछि निर्दोष प्रमाणित भएकी छन्। उनका १९ दिनदेखि १९ महिनासम्मका सन्तानको १० वर्षबीचमा मृत्यु भएको थियो।

खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिममा पाकिस्तान र अफगानिस्तान

आर्थिक एवं राजनीतिक संकट गहिरिँदै जाँदा पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिम बढेको एफएओ र डब्ल्यूएफपीको चेतावनी छ।

ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २८८ पुग्यो

दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ। ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नै घटनास्थलमा पुगेर दुर्घटनाबारे जानकारी लिएका छन्।

उडिशा रेल दुर्घटनामा मृतकको संख्या २६१ पुग्यो

दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ।

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते

हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

रुसमाथि आणविक हतियारको सीमा तोक्न अमेरिकाको आग्रह

सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।