AnonymousUser

Logout

दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३८ जना घाइते

राजधानी सोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको छ।

उत्तराखण्डको सुरुङमा फसेका ४० कामदारको कसरी हुँदै छ उद्धार?

भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४० जना कामदारको बचाउ कार्य जारी छ। शुक्रबार अपराह्नसम्म उद्धारका लागि आवश्यक पर्ने ६० मिटरमध्ये ३६ मिटर पाइप बिछ्याउन बाँकी रहेको सरकारी अधिकारीको भनाइ।

एआईले दक्षिण कोरियामा प्रतिस्थापन गर्न सक्छ ४० लाख रोजगारी : अध्ययन

बैंक अफ कोरियाको अध्ययनअनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने सम्भावना उच्च छ।

बाइडेन र सीबीच भेटवार्ता, सैन्य सम्बन्ध पुनः स्थापना गर्ने सहमति

सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु, हजारौँ विस्थापित

केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आकलन गरेको छ। 

जम्मु–कश्मीरमा बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु, १९ जना घाइते

भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

चिनियाँ राष्ट्रपति सी ६ वर्षपछि अमेरिकामा, के छन् बाइडेनसँग वार्ताका अजेन्डा?

सी चिनफिङको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग मुख्यगरी इजरायल–हमास र रुस–युक्रेन युद्धबारे छलफल हुने अनुमान गरिएको छ। तर वार्ता उपलब्धिपूर्ण हुनेमा शंका गरिएको छ।

श्रीलंकाको सर्वोच्च अदालतद्वारा राजापाक्षे दाजुभाइसहित १३ जनालाई आर्थिक संकटमा जिम्मेवार ठहर

श्रीलंकाको सर्वोच्च अदालतले देशको अर्थतन्त्र संकटको स्थितिमा पुग्नुमा पूर्वराष्ट्रपति गोटबाया र उनका भाइ महिन्दासहित १३ पूर्वनेता तथा उच्च पदस्थ पूर्वअधिकारीहरू जिम्मेवार रहेको ठहर गरेको छ।

गाजाकै ठूलो अस्पतालमा इजरायलको सैन्य कारबाही

हमासको कमान्ड सेन्टर रहेको भन्दै हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण आश्रित गाजाकै सबैभन्दा ठूलो अस्पतालमा इजरायली सेना प्रवेश गरेको छ।

दिल्लीको वायु प्रदूषण घटाउन कृत्रिम वर्षा सफल होला?

विज्ञहरूले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रक्रिया महँगो हुने, यसको दिगो प्रभावबारे अहिलेसम्म प्रमाणित तथ्य उपलब्ध नभएको बताएका छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।

उत्तराखण्डको सुरुङमा पुरिएका ४० मजदुरको उद्धार जारी, पाइपबाट खाना र पानी पठाइँदै

थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्। 

इन्धन अभावले उत्तरी गाजाका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त

बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्।

बांग्लादेशमा पारिश्रमिक वृद्धिको आन्दोलनमा ४ तयारी पोसाक श्रमिकको मृत्यु

बांग्लादेशमा सञ्चालित तयारी पोसाक कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई पोसाक आपूर्ति गर्दछन्। तर यस क्षेत्रमा कार्यरत ४० लाख श्रमिकमध्ये अधिकांशको स्थिति दयनीय छ।

एन्नादिर लार्बाउई अल्जेरियाको प्रधानमन्त्री नियुक्त

अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। 

गाजाको अल शिफा अस्पतालमा विद्युत् अवरुद्ध हुँदा ३९ शिशुको ज्यान जोखिममा

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले विद्युत् अवरुद्ध हुँदा अल शिफा अस्पतालमा सघन उपचार कक्षमा उपचाररत ३९ शिशुको ज्यान खतरामा रहेको बताएको छ।

गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्न वार्ता

इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)सँग २४० भन्दा बढी इजरायली बन्धक छन्।

गाजामा मानवीय सहायताका लागि युद्ध विरामको दबाब

इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा मानिसको बढीको मृत्यु भएको र २७ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जर्मनीद्वारा संकटग्रस्त उद्यमका लागि राहत प्याकेज घोषणा

अर्थविद्हरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने आकलन गरेका छन्।

अस्पतालमा खेलौनासँग भुलिरहेका विस्थापित प्यालेस्टिनी बालबालिका

फरा बकरले भत्किएको घरको भग्नावशेषबाट आफ्नो गुडिया खोजिन्। त्यसलाई नुहाइदिइन्, कपाल कोरिदिइन्। अहिले अस्पतालमा उनको प्यारो साथी त्यही गुडिया बनेको छ।