युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल असिम मुनिर आफूविरुद्ध लागेको र केही दिनअघि आफूलाई पक्राउ गर्ने आदेश पनि उनैले दिएको आरोप लगाएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसहित जी–७ का नेताहरू सहभागी जापानको हिरोसिमामा जारी शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै चीनले तीव्र असन्तुष्टि जनाएको छ।
अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन्।
दुई नेताबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
आरबीआईले दुई हजारका नोट फिर्ता लिने निर्णय गरेको छ। भारतमा करिब साढे ६ वर्षअघि दुई हजारको नोट जारी गरेको थियो।
अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो।
म्यानमारमा हतियार पठाउने सूचीको शीर्षस्थानमा रुस, चीन र सिंगापुरका कम्पनी छन्। ‘कू’ गरेर सत्ता हातमा लिएको दुई वर्षमा त्यहाँको सेनाले १ अर्ब डलरभन्दा बढीको हतियार किनेको छ।
मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन्।
सम्झौता लम्बिएसँगै युक्रेनले २ महिनासम्म ‘ब्ल्याक सी’स्थित बन्दरगाहबाट खाद्यान्न निर्यात गर्न पाउनेछ। रुसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो।
फ्रान्सको एक पुनरावेदन अदालतले भ्रष्टाचारमा दोषी ठहर पूर्वराष्ट्रपति निकोलास सार्कोजीको अपिल खारेज गर्दै तीन वर्षको काराबास सजाय कायम राखेपछि उनी अब अरू एक वर्ष थुनामा बस्नुपर्ने भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित नहुने भएपछि क्वाड शिखर सम्मेलन स्थगित भएको छ। देशमा बढिरहेको आर्थिक संकटलाई मन्धयनजर गर्दै बाइडेनले अस्ट्रेलिया भ्रमण रद्द गरेका हुन्।
आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्।
थाइल्याण्डमा पछिल्लोपटक सन् २०१४ मा सैन्य 'कू' हुँदा स्थापना भएको प्रगतिशील मुफ फरवार्ड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दल भएको छ। 'कू'बाट सत्तामा पुगेका चान–ओ–चाको दल भने पाँचौँ स्थानमा खुम्चिएको छ।
बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा आइतबार बिहान मोचा चक्रवात प्रवेश गरेको बताइएको छ।
आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ। यहाँ सरकार बनाउन ११३ सिट आवश्यक पर्छ।
कर्नाटक विधानसभामा भारतीय कांग्रेसले तीन सिटमा विजय भएको छ भने १२९ सिटमा अग्रता लिएको छ।
बाइडेन प्रशासनले सीमामा शरण लिन चाहने आप्रवासीहरूको द्रुत परीक्षण गर्ने, अयोग्य ठहर भएकालाई तुरुन्तै देश निकाला गर्ने र अवैध वा अर्को देश हुँदै अमेरिका प्रवेश गर्नेहरूलाई दण्डित गर्ने योजना बनाएको छ।