पठार नाइजेरियाको मध्य भागमा अवस्थित, धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य हो। जहाँ हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द भएका छन्।
कम्प्युटरप्रति उनको लगावका कारण परिवारका सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भन्ने गर्थे। युट्युबर बन्ने सपना बुनेका अवनी इजरायल हमास युद्धको पहिलो दिनमै मारिए।
रुसले जनवरी ७ मा क्रिसमस मनाउँदा युक्रेनले डिसेम्बर २५ मा मनाउनुलाई राजनीतिक कारणको रूपमा व्याख्या गरिएको छ। चर्च र युक्रेनका धेरै संस्थाहरूले रुसी भाषा र संस्कृति त्याग्न पनि जोड दिइरहेका छन्।
शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ इजरायली सैनिक मारिएको घोषणापछि उनले यस्तो भनेका हुन्।
फ्रान्सले बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको एयरबस ए३४०मा यात्रा गरिरहेका भारतीय नागरिकलाई रोकेर पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखेको छ।
युद्धग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत सुरक्षा दिइन्छ। तर, इजरायलमाथि उक्त कानूनको उल्लंघन गरेको आरोप लागिरहेको छ।
२४ डिसेम्बर १९९९। बेलुकी ४ बजे। इन्डियन एयरलाइन्सको आईसी–८१४ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उडान भर्छ। तर काठमाडौँबाट शुरू यात्रा आठौँ दिन कान्दहारमा पुगेर विराम लाग्छ।
पछिल्लो सात दिनयता इजरायली सेनाले हमास र इस्लामिक जिहादसँग सम्बद्ध २०० प्यालेस्टिनीलाई पक्राउ गरेको छ।
विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। यस विषयमा शनिबार बिहानसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो।
विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
गाजाका प्यालेस्टिनीले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको निरन्तर सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
जेलमा रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन्। इस्लामावाद उच्च अदालतले खानको अपिलमा फैसला दिएपछि मात्रै उनले चुनाव लड्न पाउने नपाउने निश्चित हुनेछ।
इजरायल र हमासबीच जारी युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधबार कायरो पुगेका हुन्।
भग्नावशेषमा मानिसहरू पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ।
सोमबार राति गएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको छ।
भारी वर्षा र बाढीका कारण बस्ती नै जलमग्न भएपछि विद्यालय र क्याम्पसमा बिदाको घोषणा गरिएको छ। सोमबार साँझसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसद निलम्बित भएका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसद निलम्बित भएका हुन्।
सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।