AnonymousUser

Logout

लिन्डा याकारिनो बनिन् ट्विटरको सीईओ

फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा रहेकी लिन्डा एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख थिइन्। उनी एप्पल, गुगलजस्ता ग्लोबल ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्।

बाइडेनका सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भेटवार्ता

अस्ट्रियाको भियानामा भएको भेटमा दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायत महत्त्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।

युक्रेनलाई १६ बिलियनभन्दा बढीको वित्तीय सहयोग, बेलायतले पठायो लामो दूरीका क्षेप्यास्त्र

 युक्रेनले सन् २०२३ मा मित्र राष्ट्रहरूबाट १६.७ बिलियन डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको युक्रेनी अर्थमन्त्री शेर्ही मर्चेन्कोले बताएका छन्।

इमरान खानको पक्राउ गैरकानूनी, तत्काल रिहा गर्न सर्वोच्च अदालतको आदेश

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

इमरान खानको पक्राउपछि पाकिस्तानमा चर्किएको हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते

मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ।

अशान्त पाकिस्तान: के हुन्छ पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य?

'बदलाको राजनीति' चल्ने पाकिस्तानमा शाहबाज शरिफ सत्तामा फर्किएपछि इमरान खानविरुद्ध भ्रष्टाचारका दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। निर्वाचन आयोगले उनलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ।

इमरान खान पक्राउपछि पाकिस्तानमा चर्कियो प्रदर्शन, करीब हजार प्रदर्शनकारी पक्राउ

पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।

सुडान हिंसाका कारण ७ लाखभन्दा बढी विस्थापित, युद्धविरामको पहल असफल 

राजधानी खार्तुममा निरन्तर गोलाबारी र आक्रमण चलिरहेका छन्। अधिकांश मानिस घर छाडेर भागेपछि शहर सुनसान बनेको छ।

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश 

लेखिका ई जीन क्यारोलले म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा सन् १९९० मा ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत परिसरबाट गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षा बलले मंगलबार दिउँसो गिरफ्तार गरेको छ।

भारतको मध्यप्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

५० जना सवार बस इन्दौर जाने क्रममा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बैराड नदीमा खसेको थियो। 

रुसद्वारा युक्रेनमा श्रृंखलाबद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण

सोमबार रुसले युक्रेनका विभिन्न क्षेत्रमा करिब ६० वटा ड्रोन आक्रमण गरेको थियो। ती सबैलाई ड्रोन हानेर खसालिएको युक्रेनले जनाएको छ। 

श्रीलंकाले गर्‍यो पर्यटनबाट ४ महिनामा करिब ७० करोड डलर आम्दानी

श्रीलंकाको पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिलमा श्रीलंकाले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए।

भारतको केरलमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुग्यो

भारतको दक्षिणी केरल राज्यमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। प्रहरीले डुंगा सञ्चालकविरुद्ध उजुरी गर्दा गरेको छ।

भारतको केरलामा पर्यटक सवार डुंगा डुब्दा २१ जनाको मृत्यु

भारतको केरलामा पर्यटक सवार डुंगा आइतबार साँझ पल्टिँदा २१ जनाको मृत्यु भएको छ। मलप्पुरम जिल्लाको तुवलतिरममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।

भियतनामको तापक्रम अहिलेसम्मकै उच्च ४४ डिग्री सेल्सियस

भियतनामलगात त्यस क्षेत्रमा पर्ने थाइल्यान्ड, म्यानमारका विभिन्न ठाउँमा पनि उच्च तापक्रम मापन गरिएको छ। बंगलादेश र भारतका केही स्थानको तापक्रम पनि लगातार बढिरहेको बताइएको छ।

सिरिया १२ वर्षपछि अरब लिगमा सामेल

अरब लिगका विदेशमन्त्रीहरूको बैठकले सिरियालाई संगठनबाट निलम्बन गरेको १२ वर्षपछि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सिरियालाई संकटबाट निकाल्न यस्तो कदम चालिएको बताइएको छ।

द्विपक्षीय सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री दक्षिण कोरियाको भ्रमणमा

जापानी प्रधानमन्त्री फुमिओ किशिदा सम्बन्ध सुधारका लागि भन्दै दक्षिण कोरियाको दुई दिने भ्रमणमा निस्किएका छन्।

अमेरिकाको टेक्सासमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

टेक्सासको डालस शहरस्थित सपिङ मलबाहिर एक जना बन्दुकधारीले शनिबार राति अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा ती बन्दुकधारीसमेत मारिएका छन्। 

भारतको मणिपुरमा जातीय हिंसा, ५४ जनाको मृत्यु

मे ३ मा मणिपुर उच्च अदालतले गैरआदिवासी मेइती समुदायलाई जनजातिमा समावेश गर्नका लागि १० वर्ष पुरानो सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि आन्दोलन उग्र बनेको हो।