AnonymousUser

Logout

'सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष'

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा २०० देशले विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए। 

१ एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट वञ्चित

अज्ञात अवरोधका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन्।

भ्रष्टाचार आरोपपछि पोर्चुगलका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई हालै ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।

बेलायती संसदमा ७० वर्षपछि राजाको सम्बोधन

गत वर्ष आफ्नी आमा महारानी एलिजाबेथ द्वीतीयको निधन भएपछि राजा बनेका चार्ल्स तृतीयले पहिलोपटक राजाको रूपमा संसदमा सम्बोधन गरेका हुन्।

इजरायल–हमास युद्धको १ महिनाः दशौँ हजार प्यालेस्टिनीको मृत्यु, झन् आक्रामक बन्दै इजरायल

युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।

सुडान बाढीका कारण १६ लाख बालबालिका भोकमरीको जोखिममा: संयुक्त राष्ट्रसंघ

दक्षिण सुडानको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ।

नयाँ दिल्लीमा एक साता निजी सवारीसाधन चलाउन रोक लगाइने

दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ।

गाजाबाट ३०० भन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ।

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

नयाँ दिल्लीमा आगामी केही सातासम्म प्रदूषणको स्तर कायमै रहने आशंका गरिएको छ। आइक्यूएयरका अनुसार आइतबार पीएम२.५ कणहरूको स्तर ५७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ।

तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिम उत्पादनमा ९५ प्रतिशतले गिरावट

सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका थिए।

जर्मनीले गर्‍यो हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्धको घोषणा

जर्मनीकी गृहमन्त्री न्यान्सी फेसरले हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिक रूपमा प्रतिबन्ध लगाइएको बताइन्।

विषाक्त धुवाँका कारण नयाँदिल्लीका विद्यालय बन्द

विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ। 

पाकिस्तानमा चुनावी गठबन्धन गर्दै पीपीपी र पीटीआई

पाकिस्तानको निर्वाचन आयोगले बिहीबार सन् २०२४ फेब्रुअरी ११ मा आम चुनाव हुने घोषणा गरेको छ। 

गाजामा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो, ७ हजार विदेशीलाई इजिप्ट ल्याउने तयारी 

इजरायल र हमासबीच द्वन्द्व शुरू भएयता इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको छ भने ३२ हजारभन्दा बढी घाइते भएका छन्।

एकै दिन युक्रेनका सय भन्दा बढी बस्तीमा रुसी सेनाकाे आक्रमण

युक्रेनका आन्तरिक मन्त्रीले यस वर्षकै धेरै रुसी गोलाबारी भएको बताएका छन्।

राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा गरेको छ।

गाजाकाे शरणार्थी शिविरमै हमला, कम्तीमा ५० जनाको मृत्यु

इजरायली सेनाको हवाई हमलाका कारण विस्फोट भएको हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गाजामा इन्धन सकिएपछि दाउरा र टाँगाको प्रयोग बढ्यो (तस्वीरहरू)

गाजामा रहेका १२ ठूला अस्पताललाई दैनिक ९४ हजार लिटर इन्धन चाहिन्छ। अहिले इन्धन अभावका कारण मानिसको उपचार गर्न कठिन भएको छ।

बंगलादेशमा गार्मेन्ट मजदुर पारिश्रमिक बढाउन माग गर्दै प्रदर्शनमा, दुईको मृत्यु

बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलर बराबर निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ।

बंगलादेशमा चीनद्वारा निर्मित पानीमुनिको सुरुङ सञ्चालनमा

यस सुरुङले प्रस्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ।