इजरायली सैनिकको गोली प्रहारबाट गाजामा हमासले बन्धक बनाएका तीन जनाको ज्यान गएपछि तेल अभिवमा विरोध प्रदर्शन भएको छ।
विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे योजना बनाइरहेको बताइएको छ।
विस्तारित कोष सुविधाअन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्ने वित्तमन्त्री सेर्गी मार्चेन्कोले बताए।
डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोटको प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो।
जापानको शक्तिशाली सत्तारुढ पार्टी एलडीपी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन्।
ती चिनियाँ नागरिकसँग ‘वर्क परमिट’ नभएको तथा अनलाइनबाट अवैध कारोबार गरेको पाइएपछि देश निकाला गरिएको फिलिपिन्सले जनाएको छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्।
जिम्बाब्बेस्थित हृाङ्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ।
चीनमा रगत बेच्ने व्यवसायीले एचआईभी एड्स फैलाएको खुलासा गरेकी डा. याओजी सन् २००९ यता न्युयोर्क बस्दै आएकी थिइन्।
५३ वर्षीय जेभियर मिलेई एक अर्थशास्त्री पनि हुन्। उनले आफ्नो चुनाव प्रचारका क्रममा अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने वाचा गरेका थिए।
राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले लडाइँ जारी रहेको गाजाका आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको जनाएका छन्।
सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार यूएईद्वारा पेस गरिएको मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका छन्।
सेनाका पूर्वप्रमुखसमेत रहेका मन्त्री गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको बिहीबार मृत्यु भएको छ।
इटाली सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो।
प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण भने खुलेको छैन।
तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।
दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।
सन् २०२२ मा मात्रै सवारी दुर्घटनाका कारण थाइल्यान्डमा १५ हजार मानिसले ज्यान गुमाएका थिए।
आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको हमासले जनाएको छ।
बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष मणिपुरबाट ६० हजार विस्थापित भएका छन्।