क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि जापानले क्षेप्यास्त्र खरिद गर्न थालेको हो।
इरानले पाकिस्तानमा मंगलबार राति त्यहाँको विद्रोही समूह जैश अल–अदलविरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।
विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो।
फ्लुजस्ता लक्षण देखिएका व्यक्तिको लगभग ३५ प्रतिशत नमुनामा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। अघिल्लो हप्ता यो दर १३ प्रतिशत थियो।
रिभोलुसनरी गार्डले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। विस्फोटपछि विमानस्थल बन्द गरिएको छ।
कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।
डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन्।
बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा विजय प्राप्त नगरेसम्म युद्ध नरोकिने बताएका छन्।
लाल सागरमा सशस्त्र समूह हुथीको आक्रमणले सामुद्रिक व्यापारमा बाधा सिर्जना भएको छ। यसैबीच अमेरिका र बेलायतसहितको गठबन्धनले हुथीमाथि आक्रमण गर्दा विश्व शान्ति नै खलबलिने विज्ञहरूको भनाइ छ।
आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिटमा जितेको थियो।
सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको आईएलओको प्रतिवेदनमा उल्लेख छ।
विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको छ।
जाम्बियामा गत वर्षको अक्टोबरमा फैलिएको हैजाको महामारीबाट हालसम्म पाँच हजार ४६२ जना संक्रमित भएका छन्।
पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई लक्षित गर्दै आक्रमण भएको हो।
विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका कारण ४० प्रतिशत मात्र मत खसेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टिनीको मृत्यु भएको छ।
जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ भने २०० भन्दा बढी बेपत्ता छन्।
भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ।
गोलीकाण्डका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीले आशंका गरेका छन्।