कुकी समुदायले मणिपुरका बीजेपी मुख्यमन्त्री एन वीरेन सिंहमाथि हिंसा भड्काएको आरोप लगाउँदै आएका छन् भने विपक्षी दलहरूले द्वन्द्वमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताको आलोचना गरेका छन्।
आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन्।
‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो। अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीलाई कानूनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ।
यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ।
स्वास्थ्य अधिकारीहरूले जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्।
भूभागका हिसाबले विश्वकै ठूलो र बढी जनसंख्या भएको एशिया महादेशका अधिकांश राष्ट्र अत्यधिक तापक्रम सहितको ‘हीटवेभ’ र भीषण बर्षाको घातक प्रभाव झेलिरहेका छन्।
जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। जर्मन सरकारका प्रवक्ता क्रिस्टिन होफमानले विश्वका निर्धन मानिसलाई द्वन्द्वको सिकार बनाउन नहुनेमा जोड दिएकी छन्।
अविरल वर्षाका कारण प्रभावित बनेका १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
अस्पताललाई निशाना बनाएर गरिएको आक्रमणमा पाँच जनाको मृत्यु र २२ घाइते भएको सुडानी सेनाले जनाएको छ।
सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।
दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। बाढीका कारण सडक जलमग्न भएको छ भने रेल सेवा अवरुद्ध बनेको छ।
युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले रुसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका हुन्।
चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो।
रुसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकाले यसप्रति सजग रहनसमेत बाइडेनले आग्रह गरेका छन्।
जीटी कर्नल रोड, आईटीओ, कश्मीरी गेट, निगम बोध घाट रोड, पुरानो फलामको पुलजस्ता ठाउँमा यमुनाको बाढी पसेको छ।
सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए।
इजरायली सेनाले आक्रमण गरेर १२ प्यालेस्टिनी नागरिकको हत्या गर्नुको साथै बुल्डोजरले सयौँ घर भत्काइदिएका थिए। त्यसलगत्तै इजरायली नेताहरूले सो क्षेत्रको भ्रमण गरेका हुन्।
सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि छ।
प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन गरेको थियो।
हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन।