निकोलसले सन् २०२२ मा आफ्ना पिताको राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करबाट ठूलो रकम लिएको आरोप लागेको थियो।
थाइल्यान्डको एक पटका गोदाममा शनिबार भएको विस्फोटमा परी ९ जनाको मृत्यु हुनुका साथै ११५ जना घाइते भएकाका छन्।
कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।
म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।
बुधबार नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको थियो।
हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्।
अमेरिका र संयुक्त राष्ट्रसंघले भने राष्ट्रपति बजुमलाई आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताएका छन्।
मणिपुरमा भएका हिंसात्मक घटनामा कम्तीमा १३० जनाको ज्यान गएको छ। दशौँ हजार मानिस विस्थापित भएका छन्।
यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने भारतले जनाएको छ।
अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार प्रतिबन्धपछि देशभर करिब १२ हजार ब्युटी पार्लरमा काम गर्ने ६० हजार महिलाले आम्दानी गुमाएका छन्।
चीनको शीर्ष विधायिकाले चिनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ।
मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ।
भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।
युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दसौँ लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बंगलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुगेको थियो।
ट्विटरले नीलो रङको चरालाई हटाउँदै कालो पृष्ठभूमिमा कोरिएको सेतो ‘एक्स’लाई कम्पनीको नयाँ लोगोका रूपमा सार्वजनिक गरेको छ।
मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
रुस र साउदी अरबजस्ता ऊर्जा उत्पादन गर्ने केही ठूला अर्थतन्त्रले पनि जीवाश्म इन्धनबाट छिटो बाहिरिने कुरामा निर्णय दिन सकेका छैनन्।
साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।
दशकको अन्त्यसम्ममा जीडीपी दोब्बरले वृद्धि गरी ८०० अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको यूएईका अर्थमन्त्रीले जनाएका छन्।