AnonymousUser

Logout

इन्डोनेशियामा यौन उत्पीडन गरेको भन्दै मिस युनिभर्सका प्रतिस्पर्धीले दिए उजुरी

फाइनलको दुई दिनअघि शरीर जाँच र फोटोग्राफीका लागि भन्दै प्रतिस्पर्धीलाई कपडा खोल्न लगाइएको दाबी गरिएको छ। मिस युनिभर्सको फाइनल प्रतिस्पर्धा अगस्ट ३ मा भएको थियो।

बेइजिङमा बाढी र डुबानमा परी पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु, अझै १८ बेपत्ता

जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। १४० वर्षयता रेकर्ड गरिएको सबैभन्दा ठूलो वर्षापछि आएको बाढी र डुबानले व्यापक क्षति गरेको छ।

पाकिस्तानलाई भारतको जवाफ– वार्तामार्फत सम्बन्ध सुधार्न तयार छौँ

सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप भारतले पाकिस्तानमाथि लगाउँदै आएको छ। यही अवस्थामा वार्तालाई निरन्तरता दिन नसकिने उसको भनाइ छ। 

कम्बोडियामा निवर्तमान प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेट बने नयाँ प्रधानमन्त्री

करिब चार दशक सत्तामा रहेका कम्बोडियाली नेता हुन सेनले प्रधानमन्त्री पद त्याग गरेका छन्। उनले आफ्नै छोरा हुन मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त गराएका छन्।

पाकिस्तानमा रेल दुर्घटना हुँदा २८ जनाको मृत्यु

पाकिस्तानको कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसननजिकै दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।

कम्बोडियामा सत्तारुढ सीपीपीलाई बहुमत, हुन सेन पुनः प्रधानमन्त्री बन्ने

निर्वाचन भएको १२५ सिटमध्ये सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले १२० सिटमा जित हासिल गरेको छ।

मणिपुर हिंसामा तीन जनाले ज्यान गुमाए

तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्।

इमरान खान पक्राउ, भ्रष्टाचार कसुरमा अदालतले सुनायो ३ वर्ष जेल सजाय

इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।

सुडानमा डेढ लाख बालबालिकालाई मानवीय सहयोग आवश्यक: युनिसेफ 

सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो। 

भारतीय सर्वोच्च अदालतले रोक्यो राहुल गान्धीमाथिको सजाय

सन् २०१९ को लोकसभा निर्वाचनको चुनावी र्‍यालीमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी थर गरेका नेताको मानहानि हुने गरी भाषण गरेको भन्दै गान्धीविरुद्ध मुद्दा चलेको थियो।

संसद् भंग गरेर चुनावमा जाने पाकिस्तानका प्रधानमन्त्रीको घोषणा

बिहीबार आयोजित रात्रिभोजमा प्रधानमन्त्री सरिफले विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जानकारी गराएका छन्। 

चीनको हेबेई प्रान्तमा १४० वर्षयताकै बढी वर्षा, जनजीवन प्रभावित

चीनको राजधानी बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे सम्बन्धविच्छेद

प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने उल्लेख गरेका छन्।

बंगलादेशी विपक्षी दलका कार्यवाहक अध्यक्षलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय

बेलायत निर्वासनमा रहेका बीएनपीका कार्यवाहक अध्यक्ष तथा थुनामा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ।

अमेरिकाद्वारा मालदिभ्सका २० नागरिक र २९ कम्पनीविरुद्ध प्रतिबन्धको घोषणा

मालदिभ्स सरकारले पनि अतिवादविरुद्ध कडा कदम चालेको र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।

लेबनानस्थित शरणार्थी शिविरमा झडप, ११ जनाको मृत्यु

जन्द अल–शाम र फताह नामक इस्लामवादी संगठनबीचको द्वन्द्वले सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेह अशान्त बनेको छ।

भारत महाराष्ट्रमा क्रेन खस्दा १६ जनाको मृत्यु, ३ घाइते

भग्नावशेषमा अझै केही मानिस फसेको हुनसक्ने आशंका छ। उनीहरूको खाेजी भइरहेको सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले बताएका छन्।

म्यानमारमा संकटकाल लम्बियो, आमनिर्वाचन प्रभावित हुने

यही अगस्टमा आमनिर्वाचन गराउने वाचा गरेको सरकारले संकटकाल थप छ महिना लम्ब्याएको घोषणा गरेको छ।

चीनको विनिर्माण क्षेत्रको गतिविधिमा लगातार चौथो महिना पनि संकुचन

चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन संघर्ष गरिरहेको छ।

पाकिस्तानको बाजौरमा विस्फोट हुँदा ३५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

पाकिस्तानमा बाजौरी जिल्लामा आयोजित राजनीतिक सभालाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।