निर्वाचनको दिन पाकिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको छ। सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ।
सुरक्षा परिषद् गहिरोसँग विभाजित भएको र इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको महासचिव गुटेरेसले बताएका छन्।
उम्मेदवारको कार्यालय नजिक भएका दुई वटा बम विस्फोटमा २८ दजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।
भारतमा मंगलबार एक पटका कारखानामा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरेसँगै विदेशमन्त्री अवाद बिनलाई नयाँ प्रधानमन्त्री बनाएको हो।
बेलायती राजपरिवारका प्रवक्ताले क्यान्सरबाट पीडित राजा चार्ल्सको अहिले उपचार भइरहेकोबारे प्रष्ट पारेका छन्
विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण आर्थिक संकटमा परेको श्रीलंका बिस्तारै उकासिँदै गएको छ।
आगलागीबाट आइतबारसम्म एक हजारभन्दा धेरै घर जलेका छन्। शहरी क्षेत्रतर्फ बढिरहेको आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।
स्वास्थ्यकर्मीले आफ्नै परिवार र बिरामीको हेरचाहमा सन्तुलन कायम गर्न पनि अथाह चुनौतीको सामना गरिरहेका छन्। कतिपय स्वास्थ्यकर्मी तीन महिनादेखि लगातार काममा खटिइरहेका छन्।
मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच जना मेक्सिकन नागरिकलाई मुद्दासमेत चलाइएको छ।
उनीहरूले आफ्नो देशको सरकारले विशेषज्ञ सल्लाहको बेवास्ता गरेको बताएका छन्।
महासचिव गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायको खोजी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एशियाली मुलुकमा जोखिमपूर्ण यात्राको प्रयास गरेका थिए।
चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ।
कतार, इजिप्ट, अमेरिका र इजरायलका प्रतिनिधिबीच फ्रान्सको पेरिसमा भएको बैठकले बन्धक साटासाट सम्झौताको प्रस्ताव राखे पनि हमासले स्थायी युद्धविराम नभएसम्म कुनै सम्झौतामा हस्ताक्षर नगर्ने जनाएको छ।
सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएका छन्।
सरकारी गोप्य दस्ताबेज चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई सो सजाए सुनाइएको हो।
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले अन्तर्राष्ट्रिय मानवीय कानून अरूलाई जस्तै इजरायलमा पनि लागु हुनुपर्ने बताएका छन्।
चीनको एक चौथाइ अर्थतन्त्र घरजग्गा उद्योगबाट चल्छ। अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्यान्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’मा प्रवेश गर्ने बताएका छन्।