मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य सवार थिए।
अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न तथा ‘मानव अधिकार रक्षा’ का लागि भन्दै बंगलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाको दाबी छ।
दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले हिंसामा संलग्नलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।
सन् २०११ मा कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि संघर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदाबीच सोमबार राति शुरू भएको झडप बुधबारसम्म जारी छ।
बाढी, पहिरो र चट्याङका कारण ठूलो विनाश निम्त्याएको हिमाचल राज्यका मुख्यमन्त्री सुखविन्दर सिंहले बताएका छन्।
फुल्टन काउन्टीका अधिवक्ता फानि विलिसले सन् २०२१ मा ट्रम्प र उनका सहयोगीमाथि चुनाव भड्काउन खोजेको तथा चुनावमा हस्तक्षेप गरेको विषयमा अनुसन्धान थालेका थिए।
पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा रहेको एक होटेलमा सोमबार राति बम विस्फोट भएको हो।
यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकामा मुख्यालय रहेको मिस युनिभर्स अर्गनाइजेसन (एमयूओ)ले मिस युनिभर्स इन्डोनेशियासँगको सम्बन्ध तोडेको छ।
आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ।
बाढी पीडितका लागि देशभर १०९ वटा आश्रयस्थल स्थापना गरिएको छ। १० हजारभन्दा बढी मानिसलाई उक्त आश्रय स्थलमा पुर्याइएको विपद् व्यवस्थापन विभागले जनाएको छ।
जुलाई २६ मा सेनाले सत्ता कब्जा गरी बन्धक बनाएपछि राष्ट्रपति बाजोम, उनकी श्रीमती र २० वर्षीय छोराको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको छन्।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका आफन्तलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
आँधीका कारण ८८.२ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति नष्ट भएको छ। बाढी र पहिरोले ११४ स्थानमा सडक बगाएको छ।
गत हप्ता युक्रेन संकट समाधानका लागि पहल गर्न साउदी अरबको जेद्दाहमा ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधि भेला भएका थिए।
भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्यालीका क्रममा गोली हानी हत्या गरिएको छ।
प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद् भंग गरेका हुन्।
सिरियाको दक्षिणी प्रान्त दारामा राष्ट्रपति बसर अल–असदको शासनविरुद्ध विद्रोह चर्किरहेको छ। सोही स्थानमा बम विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।