पपुवा न्यु गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा परी ६० जना भन्दा धेरैको मृत्यु भएको छ।
रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको उनका समर्थकहरूको आरोप छ।
इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन तथा मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि डिजाइन गरिएको हो।
संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख नेताहरूले पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो।
जर्मनी अमेरिकापछि युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले कर विभागले आफ्नो बैंकका खाता रोक्का गरिदिएको जनाएको छ।
यस्तो विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परागत इसाई मुलुक हो।
शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्
अदालतले बिहीबार सुनाएको आफ्नो फैसलामा चुनावी बन्डलाई असंवैधानिक भन्दै प्रतिबन्ध लगाएको छ।
जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ।
पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न रुस तयार रहेको बताए।
गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधि हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’को मुद्दा दायर गर्न हेग पुगेका छन्।
दुई देशबीच प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री मोदीले बुधबार हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ।
युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ईयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्।
दुई पक्षबीचको बैठकपछि जारी विज्ञप्ति अनुसार पीएमएलएन र पीपीपीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ।
विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको जुन्ता सेनालाई कठिन भइरहेको छ।
अदालतले पीटीआईका संस्थापक खानलाई हिरासतमा राख्नुको औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै आरोपीलाई जमानत दिइएको फैसला सुनाएको छ।
बोरिस नादेजदिन युक्रेनमा पुटिनको युद्धका कट्टर विरोधी र आलोचक पनि हुन्।
शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्।