AnonymousUser

Logout

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार साँझ आएको आँधीबाट एक हजार ६४६ घरमा क्षति भएको छ। ४०५ जना विस्थापित भएका छन्। 

सिख नेताको हत्यामा भारतको संलग्नता रहेको क्यानडाको आरोप

ब्रिटिश कोलम्बियाको सिख मन्दिर बाहिर नेता हरदीप सिंह निज्जरको जुन १८ मा गोली हानी हत्या गरिएको थियो। 

१० प्रतिशत जापानी नागरिक ८० वर्षमाथिका वृद्ध

जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ।

ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

जंगलबीचमा लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए।

ईयू र चीनबीच व्यापारिक तनाव: कुनै पनि देशसँग डराउन नहुने फ्रान्सको भनाइ

ईयू विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक भएकाले डराउनु नपर्ने फ्रान्सका अर्थमन्त्रीले जनाएका छन्।  

रुसद्वारा २ जना अमेरिकी कूटनीतिज्ञ निष्कासित, जासुसी गरेको आरोप

रुसले अमेरिकी कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ।

मुम्बईमा विमान दुर्घटना हुँदा ८ जना घाइते

अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटना भएको थियो। विमानमा चालक दलका दुई सदस्यसहित आठ जना सवार थिए।

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान

पुटिनले किमलाई अन्तरिक्षमा धेरैपटक भ्रमण गरेको अन्तरिक्ष सुटको पञ्जा पनि उपहार दिएका छन्।

लिबियाको बाढीमा परेर मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने

डेर्नाका मेयर अब्दुलमेनम अल–घैथीले बताएअनुसार बाढीले क्षतिग्रस्त जिल्लाहरूको संख्याको आधारमा शहरमा मृत्यु हुनेको संख्या १८ हजार देखि २० हजारसम्म पुग्न सक्नेछ।

भियतनामको आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु 

आगो नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा भवनका मालिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

अमेरिकी सभामुखद्वारा बाइडेनविरुद्ध महाअभियोग लगाउन संसद र समितिलाई निर्देशन

बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि नै बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान भइरहेकाे थियाे।

उत्तर कोरियाली नेता किम र पुटिनबीच भेटवार्ता, हतियारसम्बन्धी सम्झौता हुने

साइबेरियाको अमुर क्षेत्रस्थित रुसी अन्तरिक्ष केन्द्रमा दुई नेताबीच भेटवार्ता भएको हो। वार्ताका क्रममा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ।

लिबिया बाढीमा मृत्यु हुनेको संख्या ५ हजार ३०० नाघ्यो

करिब एक लाख मानिसको बसोबास रहेको भूमध्यसागरीय तटीय शहर डेर्नामा सबैभन्दा ठूलो विनाश भएको छ। त्यहाँ मात्रै दुई हजार ५०० मानिसले ज्यान गुमाएका छन्। 

लिबिया बाढी: एउटै शहरमा एक हजार शव भेटिए, १० हजार मानिस सम्पर्कविहीन

लिबियामा आइतबार प्रवेश गरेको ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ।

पुटिनलाई भेट्न रेल चढेर रुस पुगे उत्तर काेरियाली नेता किम

युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न उनी रुस पुगेकाे बताइएकाे छ।

ब्राजिलमा शक्तिशाली चक्रवात: ४४ जनाको मृत्यु, ४६ बेपत्ता

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई १६० अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, ३ दिन राष्ट्रिय शोकको घोषणा

मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा छन्। सडकसमेत क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ। 

मोरक्को भूकम्प: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

सुतिरहेको समयमा भूकम्प गएपछि स्थानीय मध्यरातमा घर छाडेर भागेका थिए। अधिकांश पीडितहरू घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

मोरक्को भूकम्पमा ६३२ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अफ्रिकी संघलाई जी–२० को स्थायी सदस्यता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी–२० शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे।