आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिइएको र तत्काल सुनुवाइको माग गरेको बताए।
सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेका कारण प्रचारप्रसारका लागि पैसा अभाव भएको भारतीय कांग्रेसका नेताहरूले बताएका छन्।
राजधानी किभलक्षित रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १७ जना घाइते भएको युक्रेनका सरकारी अधिकारीले जनाएका छन्।
प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले भने निर्वाचनका क्रममा अनियमितता र धाँधली भएको भएको दाबी गर्दै संवैधानिक अदालतमा उजुरी गर्ने बताएका छन्।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रुस र बेलारुसका खेलाडीहरूले ओलम्पिकका धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ।
पछिल्लो पाँच महिनामा सर्वसाधारणमाथि हवाई आक्रमणका घटना पाँच गुणा बढेका छन्। जसका कारण देशभर २७ लाख मानिस विस्थापित छन्। एक करोड ८६ लाखलाई मानवीय सहायताको खाँचो छ।
आफ्नो क्षेत्रीय सम्प्रभुता, सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न तथा ‘साउथ चाइना सी’मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहने चीनको भनाइ छ।
नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’का अनुसार गत वर्षको ‘मे’यता चार हजार सात जना अपहरणमा परेका छन्।
पुटिनले आफूविरुद्ध सधैँ प्रतीकात्मक उम्मेदवार मात्र उभ्याउने गरेको बताइन्छ। पश्चिमाले यी उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भन्ने गरेका छन्।
भारतमा लोकसभाको निर्वाचन अप्रिल १९ देखि हुने भएको छ। सात चरणमा हुने निर्वाचनको मतगणना जुन ४ मा हुनेछ।
ईयूका सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम युक्रेनका लागि हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।
युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको छ।
मुस्तफाले सन् २०१४ मा इजरायलले गाजामा आक्रमण गरेपछि त्यहाँको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्।
टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि विस्फोट भएको छ।
सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। त्यस निर्वाचनमा ट्रम्प पराजित भएका थिए।
हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन्। हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ।
चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने भएका छन्।
इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।
भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन्।