AnonymousUser

Logout

उत्तरी चीनस्थित रसायन कारखानामा ग्यास चुहिँदा १० जनाको मृत्यु

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्। 

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउन जोड दिँदै यो कदम चालेको हो।

‘जी–२०’ जलवायु मुद्दाबाट पछि हटिरहेको राष्ट्रसंघीय जलवायु प्रमुखको आरोप

विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको करिब ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ। 

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण : १७ जनाको मृत्यु, ३४ घाइते

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले निर्दाेष नागिरकमाथि आक्रमण गरेकाे भन्दै रुसकाे निन्दा गरेका छन्।

अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो 

मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।

बुर्किना फासोमा जिहादी आक्रमण: ५३ जनाको मृत्यु, भिडन्त जारी

जिहादीले सन् २०१५ मा मालीमा आक्रमण गरेयता १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

पुटिनलाई भेट्दै उत्तर कोरियाली नेता किम, युक्रेन युद्धमा सहयोगबारे छलफल हुने अमेरिकी दाबी

यतिखेर रुसलाई हतियार तथा सेनाकाे आवश्यकता छ भने उत्तर काेरियालाई पैसा र खाद्यान्नकाे। त्यसैले हतियार सहयाेग र केही सम्झाैता गर्न किम पुटिनलाई भेट्न गइरहेका हुन्। 

मणिपुर हिंसालाई लिएर राष्ट्र संघमा भारतको आलोचना

मणिपुरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तदारुकता नदेखाएको विज्ञको भनाइ छ। 

सैन्य ‘कु’पछि गृहयुद्धमा धकेलिएको म्यानमारको रुग्ण चित्र

म्यानमार आपराधिक गिरोहका लागि सुरक्षित ‘हब’ बनेको छ। साइबर अपराध र श्रम तथा यौन शोषणका लागि नेपालसहित थाइल्यान्ड, कम्बोडिया, फिलिपिन्सलगायत देशबाट पनि मानव तस्करी हुने गरेको छ।

युक्रेनका रक्षामन्त्री रेज्निकोभ पदबाट बर्खास्त

रक्षामन्त्रालय नयाँ ढंगले अगाडि बढ्ने बताउँदै राष्ट्रपति जेलेन्स्कीले रेज्निकाेभकाे ठाउँमा उमरोभलाई नयाँ रक्षामन्त्री घोषित गरेका छन्।

स्पेनी प्रधानमन्त्रीले भने– हाम्रा खेलाडीले विश्वलाई पाठ सिकाएका छन्

चुम्बन प्रकरणले विवादित बनेका स्पेनी फुटबल महासंघका प्रमुख लुइस रुबियालेसले राजीनामा दिन अस्वीकार गरेका छन्।

जोहानेसवर्ग आगलागी: १२ बालबालिकासहित ७६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ। यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन। 

कंगोमा राष्ट्रसंघविरुद्ध प्रदर्शन, ५० जनाको मृत्यु

आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र धार्मिक सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।

जोहानेसबर्गस्थित अवैधानिक आप्रवासी रहेको भवनमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

स्थानीय बोलिचालीमा अवैधानिक आप्रवासीहरुले गैरकानूनी रुपमा प्रयोग गरेका भवनलाई ‘हाइज्याक्ड’ भवन भन्ने गरिन्छ।

दक्षिण अफ्रिकास्थित आवासीय भवनमा आगलागी, २० जनाको मृत्यु

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको हो। आगलागीको कारण खुल्न सकेको छैन।

अफ्रिकी मुलुक  ग्याबोनमा सेनाद्वारा सत्ता कब्जा, 'कु'विरुद्ध बाेल्न राष्ट्रपतिकाे आग्रह

सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई  ‘कु’ विरूद्ध बाेल्न आह्वान गरेका छन्।

जी–२० शिखर सम्मेलनलाई लक्षित गर्दै भारतको दिल्लीमा बाँदर नियन्त्रण शुरू

भारतले अध्यक्षता गरिरहेको याे सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकालगायत देशका प्रमुख आउने सम्भावना छ।

इजिप्टका राष्ट्रपतिसँग सुडानी जनरलको भेट, सुडानी संकटबारे छलफल

अप्रिल १५ देखि सुडानका विभिन्न क्षेत्रमा जारी हिंसाका कारण तीन हजार मानिसको मृत्यु भएको छ। छ हजारभन्दा बढी घाइते भएका छन्। 

चन्द्रमामा अक्सिजनको संकेत भेटिएको ‘ईसरो’को दाबी

अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनसहित धेरै खनिज पदार्थ रहेको संकेत फेला पारेको ईसरोले जनाएको छ।

मोदी र सी जिनपिङको भेटवार्तालगत्तै भारतको भूभाग समेटेर चीनले ल्यायो नयाँ नक्सा

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएकाे भेटवार्तामा सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।