AnonymousUser

Logout

गाजा युद्धबारे नेतन्याहुको दृष्टिकोणले इजरायललाई क्षति पुर्‍याइरहेको छ: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्धबारे इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहुको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा क्षति पुर्‍याइरहेको दाबी गरेका छन्।

चेक रिपब्लिककी क्रिस्टिनालाई मिस वर्ल्डको उपाधि

क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उनलाई २०२२ की मिस वर्ल्ड क्यारोलिना विलावस्काले ताज पहिराइदिइन्।

दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

९ टन क्षमताको डुंगा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको छ। डुंगामा इन्डोनेसियाली नागरिकसहित नौ जना सवार थिए।

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि याैनहिंसा झेल्दै

हिजो (मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइयो। तर युद्धको चपेटामा परेका हजारौँ महिलाहरूको अवस्था उस्तै छ।

भारतीय नागरिकलाई रुसको पक्षमा लड्न पठाउने ‘नेटवर्क’माथि सीबीआईको छापा

भारतीय अधिकारीहरूले युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि आफ्नो देशका नागरिक पठाउने एक ‘तस्करको नेटवर्क’का सदस्यलाई पक्राउ गरेको बताएका छन्।

सहायतालाई मोलमोलाइको विषय नबनाउन इजरायललाई बाइडेनको चेतावनी

हमासका वार्ताकारले इजिप्टमा मध्यस्थकर्तासँग भएको वार्ता छोडेपछि रमजान शुरू हुनुअघि नयाँ युद्धविरामको आशा क्षीण हुँदै गएको समय बाइडेनको यो भनाइ आएको हो। 

रुसी सेनामा लागेका भारतीय नागरिक पनि मारिए, शव ल्याउन पहल गर्दै त्यहाँको सरकार

नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ भने सयाैँको संख्यामा घाइते भएका छन्।

राष्ट्रसंघले भन्यो– सन् २०२३ आप्रवासीका लागि सबैभन्दा घातक वर्ष

भूमध्यसागर पार गर्नु आप्रवासीका लागि सबैभन्दा घातक भएको छ। कुल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ। नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ। 

अवैध काममा सहयोग गरेको आरोपपछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री जोडिएको घटनालाई लिएर राष्ट्रपति बोलुआर्टेसमेतको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै पेरुका विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भइरहेका छन्।

सैन्य अभ्यास तत्काल बन्द गर्न अमेरिका र दक्षिण कोरियालाई उत्तरको चेतावनी

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ। 

क्रिमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो। 

पाकिस्तानको प्रधानमन्त्रीमा शरीफको पुनरागमन

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन्।

९३ बिरामीलाई बलात्कार गरेको अभियोगमा डाक्टरलाई दिइयो मृत्युदण्ड

बिरामीलाई बलात्कार गरेको अभियोगमा इजिप्टका एक डाक्टरलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय दिने निर्णय गरेको हो।

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलालाई पनि रिहा गर्नुपर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन। 

इजरायली कारबाहीमा ९ हजार प्यालेस्टिनी महिलाको मृत्यु : राष्ट्रसंघ

यूएन वुमनका अनुसार गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ।

गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउने बाइडेनको घोषणा

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन्। मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा ६ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने उनले आशा व्यक्त गरे।

नाभाल्नीको अन्त्येष्टिमा पुगेका समर्थकले भने– पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ 

फेब्रुअरी १६ मा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो। उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो।

बांग्लादेशको बहुतले भवनमा भीषण आगलागीबाट जोगिएका प्राध्यापकको देखाइ–भोगाइ

‘हामीसँग दुई वटा विकल्प थिए। आगोमा जलेर मर्ने या हाम फाल्ने। नवौँ तलाबाट हाम फालेर बाँच्ने सम्भावना धेरै कम थियो।’

पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहे रुसले आणविक हतियारको प्रयोग गर्ने पुटिनको चेतावनी

रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे।

बांग्लादेशको राजधानी ढाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु

ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी भएको थियो।