निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये विपक्षी दल डीपीले १६१ सिटमा जित हासिल गरेको छ।
भारतको हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ।
पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन बढीरहेको छ। यसैलाई सुधारका लागि युरोपेली संसद्ले बुधबार मतदान गरेको छ।
भ्रामक विज्ञापनको मुद्दामा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक बालकृष्णले मागेको माफी अदालतले दोस्रो पटक पनि खारेज गरेको छ।
पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए।
इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मंगलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।
गाजामा ७ जना राहतकर्मी मारिएपछि इजरायलमाथि युद्धविरामको दबाब बढीरहेको छ। यहीबीच इजरायलले गाजाबाट आफ्ना सेनाको संख्या घटाउने निर्णय गरेको छ।
अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।
डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई गिरफ्तार गर्न इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेको थियो।
इजरायली सेनाले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।
हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको छ।
इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न सहमत भएका हुन्।
तेलङ्गनाको एक औषधि कम्पनीमा विस्फोट भई आगलागी हुँदा कम्पनीका सह–निर्देशकसहित पाँच कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन्।
जनस्वास्थ्यबारे अप्रमाणित कुरा गरेर भ्रम फैलाएको मुद्दामा जवाफ माग्दा पतञ्जलीले ‘रेस्पोन्स’ गरेन। न्यायालयको आदेशलाई हाकाहाकी गरेको अटेरीलाई न्यायाधीशहरूले गम्भीरतापूर्वक लिएपछि रामदेव समस्यामा छन्।
ताइवानको सरकारले भूकम्पमा ५० जनाभन्दा बढी घाइते भएको जनाएको छ। उद्धार कार्य जारी रहेको र क्षतिको विवरण संकलनन भइरहेको छ।
एक हप्तासम्म परकम्प आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको छ। भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ।
पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ।
इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान समाप्त गरेपछि सोमबारको आक्रमण भएको हो। आक्रमणबाट अस्पतालको सबैभन्दा ठूलो भवन भग्नावशेषमा परिणत भएको छ।